Paid Promotionसंघ संस्थासंघसंस्था गतिविधिसाइप्रस न्युज

साइप्रस आइपुगे गायक “लाहुरे”,

शेयर गर्नुहोस्

सोनाम ल्होछारको अवसरमा  नेपाल तामाङ्ग घेदुङ्ग साइप्रसले आयोजना गरेको कार्यक्रममा आफ्नो साङितिक प्रस्तुतीका लागि गायक छेवाङ लामा ‘लाहुरे’ साइप्रस आइपुगेका छन् ।

भोलि आइतबार लिमासोल स्थित फेन्टास्टिक हल मा हुन लागेको ल्होछार कार्यक्रम लागि गायल लामा हिजो शुक्रबार दिउसो साइप्रस आइपुगेका हुन् । घेदुङ साइप्रसका पदाधिकारीहरुले गायक लामालाई लार्नाका एयर पोर्टमा स्वागत गरेका थिए।

ल्होछार मनाउनेमुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन्। ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। मुसाबाट शुरु हुने वर्षहरु बँदेल वर्षमा पुगेर सकिन्छ।

ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो। तामाङ समुदायले  यो दिन हर्साेल्लास मनाउँछन्।

यस वर्ष भने मञ्जु श्री पात्र अनुसार बिरालो वर्ष  पूरा गरी गडुल  वर्ष प्रवेश हुन्छ।

आयोजकका अनुसार यस पटक  ल्होसारमा नेपाल बाट गायक छेवाङ लामा (लाहुरे) लाई आमन्त्रित गरिएको छ। गायक  “लाहुरे” युवा बीच चर्चित नाम हो।  उनको चर्चित गित मध्य ‘केवल तिमि नै मेरो प्रेरणा” ,  ‘सरर काठमाण्डौ सहर ‘, कभर गितहरु ‘कुसुमे रुमाल’, ‘इसाराले बोलाउनु पर्दैन’, लगायत छन् ।

गायक  “लाहुरे” संगै स्थानिय कलाकारले पनि सांगीतिक प्रस्तुति पस्कने बताइएको छ।सांगीतिक प्रस्तुतिका लागि १६ जना भन्दा बढी स्थानिय कलाकारले नाम दर्ता गराएका छन्।

तामाङ समुदायमा प्रचलित खाना, कला–संस्कृति, नृत्य र  भेषभूषा  पनि देख्न पाइने आयोजकले जानकारी दिएका छन्।

साइप्रसमा सन् २०१६ मा स्थापित भएको नेपाल तामाङ घेदुङ साइप्रसले तामाङ जातिको उत्थान,भाषा, धर्म र संस्कृतिकको सम्वर्द्धन” भन्ने मुल नारालाई आत्मसात गर्दै विभिन्न सामाजिक क्रियाकलाप तथा  कार्यक्रम गर्दै आइरहेको छ।

एसएम इन्तरटेन्टमेन्ट र कोष ओभरसिज प्रालि ले सह-आयोजना गरेको कार्यक्रममा प्रवास बुलेटिन र साइप्रस-नेपाल डट कमले मिडिया पार्टनर रुपमा साथ् दिएका छन्।

आयोजक पक्ष ले साइप्रस भरिका विभिन्न शहर बाट बस सुविधा उपलब्ध गराएको छ। साथै कार्यक्रमको लागि प्रवेश शुल्क २० युरो तोकेको छ।

टिकट बुकिङ्गका लागि निम्न व्याक्ति संग सम्पर्क गरि समय मै सिट बुक गर्न अनुरोध गरिएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *