Paid Promotionसंघ संस्थासंघसंस्था गतिविधि

साइप्रसमा ऎतिहासिक रुपमा मनाइयो सोनाम ल्होसार (फोटो सहित)

शेयर गर्नुहोस्

११ फेब्रुवरी २०२४/ लिमासोल 

साइप्रसमा यस पटकको सोनाम ल्होसार ऎतिहासिक बन्यो।  नेपाल तामाङ्ग घेदुङ्ग साइप्रसले लिमासोल स्थित तिखोनि भिलेजमा  आयोजना गरेको “सोनाम ल्होसार विशेष कार्यक्रम २०२४ ” मा करिब एक हजार तिन सय जना  दर्शक को उपस्थिति रहेको थियो।

संस्था कि अध्यक्ष सुनि डिम्डुङ तामाङको सभापतित्वमा भएको कार्यक्रमका मुख्य अतिथि  नेपाल तामाङ घेदुङ साइप्रसकी संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार  नानू गोम्जा  तामाङ  थिइन्। कार्यक्रममा बोल्दै  प्रमुख अतिथिले ल्होसार को शुभकामना व्यक्त गरिन।

कार्यक्रममा विशेष अतिथिमा  नेपाल पुलीसका डिएसपी  रवीन्द्र गुरुङ, नेपाल पुलिसका डिएसपी मोहन मणि अधिकारी, नेपाल पुलिसका डिएसपी कमल बेल्बासे, युएन मिसनका रमेश सिंह, नेपाल तामाङ घेदुङ साइप्रसाकी संस्थापक सल्लाहकार ज्ञानु लामा तामाङ , SM ENTERTANMENT का संस्थापक सुवास मल्ल, NRNA साइप्रसका महासचिव  धतानन्द पाण्डेयको उपस्थिति रहेको थियो।
 नेपाल मगर संघ साइप्रस, शेर्पा किदुक साइप्रस , राष्ट्रिय जनमुत्ति मञ्ज साइप्रस, पोखरा सेवा समाज साइप्रस, नेपाली जनप्रगतिशिल मञ्च साइप्रस, तमु सेवा समाज साइप्रस, प्रवासी नेपाली एकता मञ्ज साइप्रस, चितवन सेवा समाज साइप्रस, सुदुरपश्चिमेलि नेपालि समाज साइप्रस, किराँत राई यायोख्या साइप्रस, किराँत याक्थुङ चुम्लुङक साइप्रस, चितवन सेवा समाज साइप्रस लगायत साइप्रसमा स्थापित विभिन्न संघसंस्थाले पनि  प्रतिनिधित्व जनाउदै अतिथिको आशन ग्रहण गरे।
कार्यक्रममा स्थानिय कलाकारहरु को बेजोड सांगीतिक प्रस्तुतिले माहोल तताएको थियो। स्थानीय कलाकारहरु रिना थापा, कल्पना सुनुवार, करिना बराइली, विशाल मगर, आस्पो लिम्बू, पवित्र तामाङ, वर्ष कुनुवार,रमिता तामाङ ,गिता लामा, विभेक तामाङ लगायतका कलाकारहरुले  गायन, नृत्य प्रस्तुत गरि दर्शकलाइ भरपुर मनोरंजन दिन सफल भए।
नेपाल बाट आमन्त्रित अतिथि कलाकार छेवाङ लामा को फ्यान क्रेज बेग्लै देखियो।  कार्यक्रम हलमा प्रवेश गरे देखि सुरु भएको उनको क्रेज कार्यक्रम नसकिने बेला सम्म उस्तै थियो।   गायक लामालाई आयोजक नेपाल तामाङ घेदुङ साइप्रस र  विभिन्न व्याक्ति र संघसंस्थाबाट कदर पत्र र मायाको चिनो प्रदान गरिएको थियो।
गायक छेवांगले आफ्नो सुपरहिट गित गाएर दर्शक मोहित बनाए।  गीत गाउदै दर्शक दिर्घामा फुल को गुच्छा खोस्न दर्सक उफ्रिए।  केहि दर्शकले फुल तान्न भ्याए।  खचाखच भिडमा गायक पनि भिड लाई मनोरंजन दिन कुनै कसर बाकि राखेनन्।
अतिथि कलाकार छेवाङ लामा को फ्यान क्रेज फोटोमा हेरौ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *