साइप्रस न्युज

साईप्रसमा विहिवार सम्म ५६३ जनालाई राहत वितरण , सरकारको नियम पालना गर्न आग्रह

शेयर गर्नुहोस्

दिनेश गौतम
१६ अप्रिल २०२० ।
विश्वब्यापी महामारी कोरोना भाईरसको प्रत्यक्ष असरमा परेका नेपालीहरुलाई विहिवार सम्म ५६३ जनालाई राहत वितरण गरिएको छ ।

साईप्रसको नेपाली अबैतानिक वाणिज्य दुतावासको निगरानी तथा गैर आवासिय नेपाली सघंको सम्योजकत्व र विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्यमा साईप्रसमा रहेका विद्यार्थी तथा केही कामदारहरुलाई अप्रिल ७ देखि राहत वितरण गरिदै आईरहेका छन ।


प्रबासी नेपाली एकता मञ्च साइप्रस ,तमु समाज साइप्रस, चितवन सेवा समाज साइप्रस, संघिय लिम्वुवान सामाजिक मञ्च साइप्रस, नेपाल तामाङ घेदुङ साइप्रस , ह्योल्मो एकता समाज साइप्रस , नेपाल मगर संघ, किराँत राई यायोक्खा साइप्रस,किरात याक्थुङ चुम्लुङ साइप्रस,राष्ट्रिय जनमुक्ति मन्चं साइप्रस, तामाङ बौद्ध महासंघ साइप्रस र शेर्पा किदुक साइप्रस लगाएत विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्यमा राहत वितरण भै रहेकोगैर आवासिय नेपाली सघं साईप्रसकी अध्यक्ष दिल कुमारी तिलीजा पुनले जानकारी दिनु भयो ।

साईप्रसबासीहरुको दोस्रो ठुलो पर्ब ईस्टरको अवसरमा सबै साईप्रसमा बसोबास गरिरहेका नेपाली तथा साईप्रसबासीहरुमा शुभकामना व्यक्त गर्दै छुट्टिको समयमा बाहिर अनावश्यक हिडडुल नगर्न आग्रह गरेकी छिन । साथै साईप्रसमा रहेका विद्यार्थी एवमं कामदारहरुलाई राहत वितरण गरिरहेका सबै प्रतिनिधिहरुमा विशेष धन्यबाद दिदै अगामी दिनमा सबै नेपालीहरु मिलेर अहिलेको समस्या संग समाना गर्न तयार हुनुपर्नेमा जोड दिनु भएको छ ।


उता सेफ्नो टिभीको आर्थिक संकलन तथा युवा समाजसेवी बिकास श्रेष्ठको नेतृत्वमा अप्रिल ११ देखि १६ सम्म ७४ जनालाई राहत वितरण भएको छ । श्रेष्ठका अनुसार लिमासोल , पाफोस र निकोसिया सहरमा रहेका विद्यार्थीहरुलाई राहत वितरण गरिएको हो ।

उहाँले साईप्रसमा रहेका सबै नेपालीहरु यो ईस्टरमा कुनै पनि नियमहरुको उलंघन नगर्न आग्रह गर्नु भएको छ । साथै यहाँ रहेका सबै नेपाली समाजिक सघंसस्थाहरु मिलेर नेपालीको एकताको सन्देश दिनका लागि राहत लगाएतका कार्यक्रममा हातेमालो गर्नु पर्ने श्रेष्ठको भनाई छ ।

यो पनि पढ्नुहोस् : विदेशमा रहेका नेपालीहरुको उद्धार गर्न सर्वोच्चको आदेश

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *