साइप्रस न्युजस्वास्थ्य

सुन्तला : स्वास्थका लागि फाइदाजनक

शेयर गर्नुहोस्

साइप्रसमा जाडो मौसम सुरु भईसकेको छ । यो मौसममा बाटो भरि जताततै सुन्तला फलेको देखिन्छ। पाकेको भए पनि कोहि अति अमिलो र केहि स्वादिलो र गुलियो भेटिन्छ । हामीले सानो देखि नै सुन्तला खादै आएका छौ तर यसले शरीरमा के कस्तो प्रभाव पार्छ थाहा नहुन सक्छ । आउनुस, आज यस बारे जानौ । जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भिटामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जाडो याममा तपाईंका लागि लाभदायक हुन्छ । यदि तपाईंलाई ब्लडप्रेसरको समस्या छ भने सुन्तलालाई आफ्नो खानपानमा समावेश गर्नुपर्छ । किनभने, सुन्तलाले सोडियमको मात्रालाई सामान्य बनाएर ब्लडप्रेसरलाई ठीक राख्छ । यति मात्र नभएर दिनहुँ सुन्तलाको सेवनले मृगौलामा हुने पत्थरीको खतरालाई पनि कम गर्छ । यदि मृगौलामा पत्थरी छ भने सुन्तलाको जुस यसको लागि लाभदायक हुन्छ ।

भिटामिन-सी युक्त सुन्तलाको सेवनले शरीरलाई नोक्सान पुर्‍याउने फ्रि रेडिक्लसबाट पनि सुरक्षित राख्छ । साथै यसमा भएको लाइमोनिनले क्यान्सरको सेल्सहरु बढ्न पनि रोक्छ । सुन्तलामा फाइबरको मात्रा राम्रो हुन्छ । जसले कोलेस्ट्रोलका स्तरलाई नियन्त्रित गर्न सहायता पुर्‍याउँछ । यसले मुटुसँग जोडिएका समस्याहरुलाई पनि कम गर्छ ।
जाडो मौसमा रुघा-खोकीले सताउने गर्छ । त्यस्तो अवस्थामा पनि सुन्तलाको सेवन फाइदाजनक हुन्छ । त्यसो त जाडोयाममा पाइने सबै फलफुलहरु भिटामिन-सी युक्त हुने भएकाले यो मौसममा लाग्ने रोगहरुलाई कम गर्न सहयोग पुुर्‍याउँछ ।

प्रायः मानिसहरु सुन्तला चिसो हुने भएकाले यसलाई जाडो मौसममा सेवन गर्नु हुँदैन भन्ने सोच्छन् । तर, त्यस्तो सोचाई ठिक होइन ।

सुन्तलाका फाइदाहरु

जाडो मौसममा सुन्तलाको सेवन अत्यन्त फाइदाजनक हुन्छ । यसको नियमित सेवनले हामी विभिन्न मौसमी रोगहरुबाट मुक्त हुन सक्छौं । सुन्तला चिसो भएता पनि गर्मी मौसममाभन्दा यसले जाडो मौसममा धेरै फाइदा पुर्‍याउँछ । सुन्तलामा भिटामिन-सी पर्याप्त मात्रामा पाइन्छ । जसले हाम्रो छालालाई चाउरिनबाट बचाउँछ साथै सुख्खा हुन दिँदैन ।


सुन्तलाको जुसका फाइदाहरु

सुन्तलाको जुस पिउनाले स्वास्थ्य र छाला दुबैलाई फाइदा हुन्छ । यसले शरीरमा भिटामिन-सीको कमीलाई पूरा गर्छ र विभिन्न रोगहरुबाट बचाउँछ ।

सुन्तलामा सबैभन्दा धेरै भिटामिन-सी हुन्छ । तर, यसको साथै यसमा भिटामिन-ए ,पोटासियम, फाइबर आदि पोषक तत्व पनि समावेश हुन्छ । सुन्तला ठूला व्यक्तिदेखि बच्चासम्मको लागि धेरै फाइदाजनक हुन्छ । यसलाई पिउँदा निम्न फाइदाहरु हुन्छन्

-वजन कम गर्न चाहनुहुन्छ भने एउटा सुन्तला दिनहुँ खानुपर्छ ।

-सुन्तलाको जुसले शरीरमा रोगहरुसँग लड्ने क्षमता बढाउँछ ।

-यसलाई नियमित रुपमा पिउनाले रुघाखोकी जस्ता स-साना रोगहरुबाट मुक्ति मिल्छ ।

-सुन्तलाको जुस पिउनाले शरीरमा क्यान्सर उत्पन्न गराउने सेल्सहरु नष्ट हुन्छन् ।

-सुन्तलाको जुस पिउनाले शरीरको पाचनक्रिया सही हुन्छ, साथै पेटको विभिन्न समस्याहरु पनि यसको सेवनले कम हुन्छ ।

-यसको सेवन गर्नाले शरीरमा रक्तसञ्चार पनि राम्रो हुन्छ ।

-यसले ब्लडप्रेसर र कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहयोग पुर्‍याउँछ ।

-सुन्तलाको सेवन गर्नाले शरीरमा रोग प्रतिरोधक क्षमता अर्थात् इम्युनिटी सिस्टमलाई पनि बलियो बनाउँछ ।

-यसको सेवनले तपाईं रुघाखोकी र भाइरल संक्रमणहरुबाट छिट्टै प्रभावित हुनुहुन्न ।

-सुन्तलामा फाइबर धेरै मात्रामा हुन्छ । जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गर्न सहयोग गर्छ ।

-यसको सेवन गर्नाले मुटुसँग सम्बन्धित समस्याहरुलाई पनि कम गर्छ ।

त्यसैले यो मौसममा सुन्तलाको सेवन अत्यधिक मात्रामा गर्नुपर्छ र नियमित रुपले यसको जुस पनि पिउनुपर्छ । यदि तपाईंलाई सुगरको समस्या छ भने सुन्तलाको सेवन तपाईंको लागि उपयुक्त हुन्छ । सुन्तलाले ब्लड सुगरलाई नियन्त्रण गर्छ । साथै यसमा समावेश भएको भिटामिन-एले आँखालाई पनि धेरै फाइदा पुर्‍याउँछ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *