प्रवास

झापालीहरुले ५ लाखको कोरोना टेष्ट किट दिने

शेयर गर्नुहोस्

विश्व भरी छरीएर रहेका झापालीहरुको छाता संगठन अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो गृह जिल्लालाई ५ लाख रुपैयाँ बराबरको कोरोना भाइरस परिक्षण गर्ने टेष्ट किट दिने भएको छ।

अन्तर्राष्ट्रिय झापालि समाजका अध्यक्ष छत्र सुब्बा(हङकङ) को अध्यक्षतामा आज बसेको बैठकले झापा जिल्लाका नगरपालिका र सबै गाउँपालिकाहरुलाई किट प्रदान गर्ने निर्णय गरेको हो। न्युज पिएनटिभीसंग आजको बैठकका निर्णयहरू जानकारी गराउंदै समाजका प्रवक्ता बालहरि राई (लक्जेमबर्ग) ले भने “हामी प्रवासमा रहेता पनि हाम्रो मन र मस्तिष्क सधैं आफू जन्मेर हुर्केको ठाउँमा हुन्छ, झन् अहिले कोरोना कहरको यो महामारीको समयमा हामी आफ्नो जिल्ला र जिल्लावासीहरुसंग भौतिक दूरीले टाढा भएता पनि अन्तर्राष्ट्रिय झापाली समाज यो दुखमा पनि हामी हाम्रा सम्पूर्ण झापालीहरु संगै छौं भन्दै आजको बैठकले ५लाख रुपैयाँ बराबरको कोरोना भाइरस टेष्ट किट दिने निर्णय गरेको हो” ।

अहिले कोरोना परिक्षणको लागि झापाबाट विराटनगर वा धरान सम्म आउनु पर्ने हुन्छ ।यदि हाम्रो झापा जिल्लामै कोरोनाको परिक्षण गर्ने मेशिनको व्यबस्था भएमा थप उल्लेखनीय सहयोग समाजले गर्ने साथै समाजका सदस्य नविन पोखरेल हाल गृह जिल्ला झापा मै राहतको लागि फिल्डमाखटिरहनु भएकोले उहाँले जिल्लामा संयोजन गरी आवश्यकताको आधारमा किट हस्तान्तरण गर्ने समेत आजको बैठकले निर्णय गरेको छ।

प्रवक्ता राईले उत्साहित हुदै हाम्रो समाजले विगत बर्षमा पनि बाढीपहिरोबाट पिडित झापालीको ९ वटा घर बनाएर पुनःस्थापना गरेको र ५ वटा एम्बुलेन्स सञ्चालन गरी जिल्लावासीसंग सुख दुखमा जोडिरहेको स्मरण गराए। जुम एप प्रयोग गरि सञ्चालन गरिएको अनलाइन बैठकमा समाजका पूर्व अध्यक्ष तथा संरक्षक दिनेश पोखरेल(अष्ट्रेलिया),उपाध्यक्ष हरु दिपक ओली(इजरायल), दिपक खनाल(अष्ट्रेलिया),कोषाध्यक्ष चुडामणि कार्की(कतार),दिपक चुडाल,दुर्गा प्याकुरेल लगायतको सहभागिता थियो भने सञ्चालन महासचिव जमर कट्टेल(इजरायल)ले गरेका थिए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *