संघ संस्थासंघसंस्था गतिविधिसाइप्रस न्युज

साइप्रस आउदै गायक राजेश पायल राई

शेयर गर्नुहोस्

किराँत समुदायको  महान पर्व  ‘‘साकेला उँभौली’ को अवसरमा किराँत राई यायोख्या साइप्रस ले  विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ।आगामी मे २६  तारिखमा लिमासोल को ट्रिकिस प्यालेस हलमा  आयोजना हुने कार्यक्रममा नेपाल कै बहुचर्चित गायक  राजेश पायल राईको सांगीतिक प्रस्तुती हुने आयोजकले जानकारी दिएको छ।

प्रकृति पूजक भनेर चिनिने किराँत समुदायले  प्रवासमा रहेर पनि आफ्नो मौलिक कला,संस्कार, संस्कृति र प्रवर्धन गर्न यो कार्यक्रम आयोजना गर्न लागेको संस्थाका अध्यक्ष नविन राईले बताए।

नेपालका चर्चित कलाकार ल्याएर प्रवासियाका नेपालीलाई विदेशी भुमिमा रहेर पनि सबै धर्म र जातजातिमा विभेद नगरी प्रकृति प्रेमी समुदाय संग  साकेला सिली नाच्न, हेर्न र फरक अनुभव बोटल्ने मौका नगुमाउन अध्यक्ष राईले अनुरोध गरे।

यस पर्वमा  ‘अन्नबालीको सह बसोस्, अनिकाल नलागोस्’ भन्ने कामना गर्दै  प्रकृतिको पूजा गर्ने चलन रहेको बताउदै  चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरुन् भन्ने कामनाका साथ साकेला मनाउने प्रचलन रहेको अध्यक्ष राईले जानकारी दिए।

साकेला पर्वले  धार्मिक सहिष्णुता, नेपाली समुदाय बीच एकता र भाइचाराको विकास गर्ने माध्यम बन्न सहयोग गर्ने  अध्यक्ष राईले आशा गरेका छन् ।

कार्यक्रममा किराँती संस्कार, संस्कृति र भेषभुषा, भोजन  र परम्परागत नृत्य लाई दर्शकले पनि सहभागी हुन र  अनुभव गर्न सकिने गरी आयोजकले तयारी गरेका छन्।

फोटो सौजन्य : Skanda Gautam / द हिमालयन

कार्यक्रमका मुख्य आकर्षण बहु चर्चित  गायक राजेश पायल राई को  सांगीतिक प्रस्तुति रहने छ भने स्थानिय कलाकारले पनि आफ्नो प्रस्तुति दिने छन् ।

कार्यक्रम स्थल सम्म आउन-जान साइप्रसका सबै सहरबाट  यातायात को व्यवस्था गरिएको छ भने  पारम्पारिक खाजा र खाना को पनि व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।कार्यक्रमको लागि  टिकट शुल्क २० युरो तोकिएको छ।

टिकट तथा अन्य जानकारीका लागि आफ्नो सहरका स्वयमसेवक संग सम्पर्क गर्न तल दिएको नम्बरमा कल गर्न सकिने आयोजन पक्षले जानकारी दिएकोछ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *