बुटवलमा ओली समूहकाे आमसभा हुँदै, प्रधानमन्त्रीले सम्बाेधन गर्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले शनिबार (आज) बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्ने भएको छ। ओली समूहले २ लाख जनता उतार्ने बताइएको उक्त सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका छन्।
नेकपाको विवादपछि पुष ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहले शक्ति प्रदर्शन गर्ने गरेका छन्। यसअघि काठमाडौंमा ओली समूहल १ पटक र प्रचण्ड–नेपाल समूहले २ पटक शक्ति प्रदर्शन गरिसकेका छन्। यस्तै प्रचण्ड–नेपाल समूहले माघ २२ गते आम हड्तालको समेत घोषणा गरेको थियो।
संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको बारेमा जनतालाई जानकारी दिन सभा आयोजना गरिएको ओली समूहका नेताले जानकारी दिए। उनका अनुसार रुपन्देही जिल्लाबाट १ लाख बाहिरी जिल्लाबाट १ लाख जनता सभामा सहभागि हुनेछन्।
प्रचण्ड–नेपाल समूहले प्रतिगम भएको भन्दै सडक आन्दोलन गरिरहेको छ भने प्रधानमन्त्री ओलीले आफू सरकारमा रहँदा काम गर्न नदिएकोले प्रतिनिधिसभा विघटन गर्नु परेको भन्दै आइरहेका छन्।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल