चिसो बढेपछि विपन्न परिवारलाई कम्बल वितरण
प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। चिसो मौसमलाई ध्यानमा राखी आश्रित बालबालिका र उनका परिवारलाई केही राहात दिने उद्देश्यले जयपृथ्वी नगरपालिकामा २ सय र केदास्युँ गाउँपालिकामा २ सय जनालाई कम्बल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक लवराज जोशीले बताए।
संस्थाले कोरोना महामारीको समयमा पनि समुदायस्तरमा दाल, चामल, सरसफाइका सामान तथा स्वास्थ्य सामग्री वितरण गरेको थियो। गरीब, दुःखी, एकल महिला, बालबालिकालाई बेलाबेलामा खाद्यान्न, लत्ता कपडा दिएर आफूहरुलाई ठूलो सहयोग पुगेको जयपृथ्वी नगरपालिका भण्डार घर भएकी आलिकुली रोकायाले बताए।
प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा स्थानीय तहसँग समन्वय गरेर जोखिममा रहेका बालबालिकाको गुणस्तरीय शिक्षा, संरक्षण र जीविकोपार्जनका क्षेत्रमासमेत संस्थाले काम गर्दै आएको छ। रासस
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक