कोरोनाको खोप लगाउँदा मदिरा सित्तैंमा
काठमाडौं। कोरोनाको खोप लगाउँदा मदिरा सित्तैंमा पाइने अफर आएको छ । खोप लगाउन युवा पुस्तालाई आकर्षित गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान इजरायलमा सुरु गरिएको हो । इजरायलमा एउटा बारमा खोप केन्द्र स्थापना गरिएको छ जहाँ खोप लगाउने व्यक्तिलाई सित्तैंमा ड्रिंक दिइन्छ । तेल अभिभको जेनिया ग्यास्ट्रोपबलाई बारसँगै खोप केन्द्र समेत बनाइएको हो ।
टाइम्स अफ इजरायलका अनुसार महामारीको समयमा लामो समयसम्म यो बार बन्द थियो तर अब यसलाई नयाँ स्वरुपमा खोलिएको हो । यो बार बिहीबारदेखि खुला छ । इजरायलका ४३ प्रतिशतभन्दा धेरै जनताले कम्तीमा एक डोज खोप लगाइसकेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यहाँ फाइजरको खोप दिइँदैछ र बढी उमेरका अधिकांशलाई खोप दिइसकिएको छ ।
युवा पुस्तामा भने कोभिडको जोखिखम पनि कम हुने भएकोले उनीहरु खोप लगाउन कम रुची गर्ने समस्यालाई दृष्टिगत गर्दै यो नयाँ अफर ल्याइएको हो । इजरायल भ्याक्सिन दिने काममा विश्वमै अग्रस्थानमा छ र उसले आफ्नो ठूलो जनसंख्यालाई भ्याक्सिन दिइसकेको छ । तर, पछिल्ला केही हप्तामा खोप लगाउने मानिसहरुको संख्या उल्लेख्य रुपमा घटेको छ । कम जोखिममा रहेका समूहलाई पनि भ्याक्सिन लगाउन सुरु गरिएपछि यो संख्या घटेको हो ।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्