Paid Promotionसंघसंस्था गतिविधिसाइप्रस न्युज

माघे सकराती कार्यक्रमको तयारी पुरा, गायिका ज्योति मगर शनिवार साइप्रस आइपुग्ने

शेयर गर्नुहोस्

मगरहरुको मौलिक सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा नेपाल मगर संघ साइप्रसले माघे सकराती विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ। आउँदो जनवरी १४ तारिख मा लिमासोलको  त्राखोनी भिलेज स्थित  फेन्टासटिक हल आयोजना हुने कार्यक्रममा चर्चित गायिका ज्योति मगरको प्रस्तुति पनि रहने आयोजकले जानकारी दिएको छ।

गत हप्ता इलामको सिमसार महोत्सवमा गायिका ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा  स्टेज भ्वाङ परेर त्यसमा खसेको भिडियो भाइरल भए पछि साइप्रसबासिले यो कार्यक्रम नहुने पो हो कि भनेर सामाजिक संजालमा  आशंका व्यक्त गरे पनि आयोजकका अनुसार कार्यक्रम को सबै तयारी पुरा भै सकेको र शनिवार गायिका  मगर साइप्रस आइपुग्ने जानकारी दिए।


गरिब-जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति तथा असाहय-दीर्घ रोगीहरुको स्वास्थ्य उपचार को लागि नेपाल मगर संघ केन्द्रिय समिति द्वारा स्थापित “मगर- अक्षयकोष” को सहयोगार्थ सो कार्यक्रम गर्न लागिएको संस्थाका महासचिव यज्ञ राना मगरले जानकारी दिए।

कार्यक्रममा मगर संस्कार, संस्कृति र भेषभुषा, भोजन  र परम्परागत नृत्य लाई दर्शकले नजिक बाट अनुभव गर्न सकिने गरी तयारी गरिएको महासचिव मगरले बताए। उनका अनुसार

कार्यक्रम कि मुख्य आकर्षण राष्ट्रिय कलाकार गायिका ज्योति मगरको सांगीतिक प्रस्तुति रहने छ भने स्थानिय कलाकारले पनि आफ्नो प्रस्तुति दिने छन्।  साथै  कौडा तथा सालैजो नृत्य पनि प्रस्तुत हुने आयोजकले बताए।

स्थानिय कलाकारहरु बिनिता मगर, सियाना मगर, युनिसा मगर, शिला बस्नेत, सरिता बराइली र बसन्ती लामाले आफ्नो सांगीतिक प्रस्तुति दिने तयारी छ।

मगरात सभ्यता सहितको सम्वृद्ध मगर समाज को नारा सहित स्थापित नेपाल मगर संघ युरोप शाखा साइप्रस ले हरेक वर्ष माघे सकराती मनाउदै आएको छ। संस्थापक अध्यक्ष खगेन राना मगरले सकरतीको शुभकामना व्यक्त गर्दै साइप्रसबासी नेपालीलाई कार्यक्रममा उपस्थित भै मगर  परमपरा, भेष भुषा,संस्कार संस्कृति नियाल्ने अवसरलाई नछुटाउन अनुरोध गर्दै ‘चुल्हे निम्तो ” दिएका छन्।

आयोजक पक्ष ले साइप्रस भरिका विभिन्न शहर बाट बस सुविधा उपलब्ध गराएको छ। साथै कार्यक्रमको लागि प्रवेश शुल्क २० युरो तोकेको छ।

यो पनि पढ्नुहोस् :

 

Pafos

  • Yajna Rana :- 96657796
  • khagen Rana :- 96103145
  • Chintan Budha :- 96772499
  • Piyush Ghale :- 96869337
  • Tsering Yangzom Sherpa :- 95538420
  • Reshma Limbu :- 96615190

 

Limassol

  • Samir Budha:- 95603930
  • Krishna Thapa:- 96858286
  • Sapana magar:- 95199988
  • Eliya Limbu:- 95583839
  • Nabin Chaulagain:- 96316782
  •  Rooshan Bhattarai:- 94045217
  • Thakuri Jung Royal:- 96889014

 

Ayianapa/Paralimni

  • Jasu pun magar:- 96517955
  • Nanu Gomja :- 96739953
  • Kundan Lama :- 96127758
  • Laxmi Adhikari:-96240121

 

Larnaca

  • Kham Maya Pun:- 96426195
  • Keshab Chand :- 96631005
  • Nabin Rai:- 96934190
  • Amar Malla :-96251512
  • Manisha Aryal :-96682779

 

Nicosia

  • Sushma Pun:- 96414536
  •  Niru Rana :- 96670197
  • Hope Baijali Magar :- 96365729
  • Bishnu Thapa :- 96615057
  • TB Rana :-99159128
  • Amrita Magar:- 96027319
  • Ashma Khaptadi Basnet :- 97613433
  • Kiran Magar:- 96938387
शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *