महत्वपूर्ण जानकारीसाइप्रस न्युज

१८ महिना भन्दा कम म्याद भए पासपोर्ट ‘रिन्यु’ गर्नु पर्ने

शेयर गर्नुहोस्

साइप्रसमा बस्ने नेपालीले राहदानीको म्याद १८ महिना  भन्दा कम भए नवीकरण गर्न नेपाली कन्सुलेट कार्यालयले अनुरोध गरेको छ।  साइप्रस इमिग्रेसन डिपार्टमेन्टले श्रमिकको  भिसा थप गर्न पासपोर्टको म्याद १८ महिना भन्दा बढी भएको हुनु बताए पछि कार्यालयले सो अनुरोध गरेको हो। यस अघि भने इमिग्रेसन डिपार्टमेन्टले पासपोर्टको म्याद २४ महिना भन्दा बढी भएको हुनु पर्ने बताएको थियो।

२ वर्ष भन्दा कम म्याद भएको पासपोर्ट को भिसा नलाग्ने भए पछि म्यानपावर एजेन्सीले पनि नयाँ पासपोर्ट बनाउन भन्दै आएको थियो।

के के चाहिन्छ पासपोर्ट रिन्यु’ गर्न ?

निकोसिया स्थित नेपाली कन्सुलेट कार्यालय अनुसार पासपोर्ट नविकरण गर्नलाई सक्कली पासपोर्ट र नागरिकता वा सो को फोटोकपि लिएर जानु पर्छ।फोटो, हस्ताक्षर र ‘फिंगरप्रिन्ट’  त्यही नै लिइने हुदाँ फोटो खिचाएर लिएर जानु पर्ने झन्झट हुदैन।

संघिय सरकार बने पछि गा.बि.स. हरु गाउँपालिका वा नगरपालिका मा परिणत भएका छन् , साबिक का वडा हरु पनि परिवर्तन भएका छन्।   संघियता लागु भए पछि बनेको नयाँ ठेगाना आवश्यक पर्ने हुन्छ।

अपोइण्टमेन्ट , अनलाइन ‘इनरोलामेंट’ वा फर्म भर्नु पर्दैन।

साथै, नागरिकको सहजताका लागि  आइतबार पनि  कार्यालय खुला राखिने गरिएको कन्सुलेट कार्यालयले जानकारी दिएको छ।  तर आइतबार को लागि भने ‘अपोइण्टमेन्ट’ लिएर मात्र कार्यालय आउन अनुरोध गरेको छ।

पासपोर्ट नवीकरण को शुल्क २१० युरो लाग्छ र ४५-९० दिन मा तयार भै आइपुग्छ।

अपोईन्टमेन्ट तथा जानकारीका लागि अफिस फोन  222 555 11 (सोम-शुक्रबार १०:३० बजे -१:३० बजे सम्म ) र मोबाइल/whatssapp : 99666401, 96751378

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *