संघसंस्था गतिविधिसाइप्रस न्युज

नयाँ वर्ष कार्यक्रम को तयारी अन्तिम चरणमा

शेयर गर्नुहोस्

गैर आवासीय नेपाली संघ (एनआरएनए )साइप्रसले नयाँ वर्ष  पारेर आयोजना गर्न लागेको  सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। आगामी अप्रिल १४ तारिख आइतबारको दिन पारेर लिमासोल स्थित नियो फिस्ता बेनक्युट  हलमा कार्यक्रम हुन लागेको हो।

नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आयोजना हुने कार्यक्रममा नेपाली चर्चित गायिका एलिना चौहानको विशेष सांगीतिक प्रस्तुति रहने आयोजनले जनाएको छ। गायिका चौहानको अप्रिल १२ मा इजरायलमा हुने  कार्यक्रम सम्पन्न भए पछि १३ तारिख इजरायल बाट साइप्रस आइपुग्ने  महासचिव धतानन्द पाण्डेले जानकारी दिए।

गायिका चौहानको सांगीतिक प्रस्तुति  संगै स्थानिय कलाकारले पनि आफ्नो प्रस्तुति दिने तयारी रहेको छ।

महासचिव पाण्डेका अनुसार यस कार्यक्रमबाट हुने मुनाफालाई संस्थाले मानसिक स्वास्थ्य परामर्श शिविर संचालन गर्न लगाउने बताए। छः

साइप्रसमा पछिल्लो समय बढि रहेको नेपाली  घरेलु कामदारले भोग्ने शारीरिक तथा  मानसिक तनावले डिप्रेसनको सिकार भएका र डिप्रेसनमा पर्न लागेका  नेपालीलाई  लक्षित गर्दै छिट्टै नै मानसिक स्वास्थ्य परामर्श शिविर संचालन गर्ने योजना गरेको महासचिव पाण्डेले बताए।

उनका अनुसार विभिन्न देशमा कार्यरत नेपाली मानसिक स्वास्थ्य विशेषज्ञलाई साइप्रस मै झिकाएर प्रत्यक्ष रुपमै साइप्रसका नेपाली समुदायले भेट्ने  र आवश्यक  परामर्श दिने व्यवस्था मिलाउन लागिएको हो ।

Singer-eleena-chauhan-in-cyprus

एक हजार दर्शक सहभागी हुने  अपेक्षा गर्दै  आयोजक पक्षले साइप्रस भरिका विभिन्न शहर बाट बस सुविधा उपलब्ध गराएको छ। साथै कार्यक्रमको लागि टिकट शुल्क  २० युरो तोकेको छ। अग्रिम टिकट बुकिङ्गका लागि निम्न व्याक्ति संग सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

निकोसिया
रमिताचन्द रितु 96253374
आस्मा बस्नेत 97613433
बिष्णु थापा 96615057
लिमासोल
एलिया लिम्बू 95583839
नवीन चौलागाई 96316782
अनिल जङ छेत्री 96610456
पाफोस
रेस्मा लिम्बू 96615190
यज्ञ राना 96 657796
पारालिम्नी
नानू गोम्जा 96739953
दिपजङ 99906108
लार्नाका
अमर मल्ल 96251512
रेश्मा लामा 96332871
शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।