Domestic WorkerWork permitदेश विदेशसाइप्रस न्युज

साइप्रस मा घरेलु कामदारको तलब, पार्टटाइम र रिलिज र यसको डेट ?

शेयर गर्नुहोस्

साइप्रस मा नेपाली श्रमिक को माग बढ्दो छ। साइप्रस सरकारले तेस्रो मुलुक बाट श्रमिक ल्याउन अनुमति दिए संगै  खास गरि घरेलु कामदारको रुपमा साइप्रस भित्रिने क्रम बढ्दो छ।  नेपाली हाउसमेडलाई  इमान्दार, मेहनेती, मिठो बोली, राम्रो व्यवहार गर्ने श्रमिक भनेर साइप्रसका रोजगारदाताले नेपाली राख्न मन पराउने गर्छन।

भाषा र सिप को कमि का कारण अधिकांस नेपाली काम मा लागेको पहिलो ३ महिना मै रिलिज पेपर लिएर निस्केका हुन्छन  यसरी निस्कने मा दुइ किसिमका हाउसमेड छन्।

पहिलो किसिमका हाउसमेडमा सोझासाझा हुन्छन जसलाई देश,भाषा, काम र जीवन शैली बारे सामान्य जानकारी मात्र हुन्छ जसलाई काम गरि पैसा कमाएर ऋण तिर्ने ध्याउन्न हुन्छ।   दोश्रो किसिमका हाउसमेडमा काम भन्दा पैसा र मोबाइल फोन मा झुन्डिन मन पराउने, बाहिर बस्न (आउट लिभिङ्ग) बस्न खोज्ने, ८ घण्टा भन्दा काम नगर्ने र छुट्टी र तलब थोरै भयो भनेर म्यानपावर र रोजगारदातासंग गुनासो गर्ने हुन्छन।

 

हाउसमेडको तलब सेवा सुविधा 

रोजगारदाता को घर मै बस्ने खाने सर्त मानेर (इन लिभिङ्ग ) मा रोजगार गर्न आउने घरेलु कामदारको न्युनतम तलब ४६० युरो हो।  जसबाट सामाजिक सुरक्षा योगदान (सोसल इन्सोरेन्स ), स्वास्थ्य बिमा (गेसी), खाना र बस्न बापत को रकम कटाएर करिब ३१४ युरो हाउसमेडले प्राप्त गर्ने तलब हो।

घरेलु कामदारले सात घण्टा प्रति दिन र हप्ता मा एक दिन छुट्टी पाउने नियम छ भने ९ ओटा सार्वजनिक बिदा पाइन्छ। बिरामी हुँदा ३० दिन सम्मको बिदा र सो अवधिको तलब दिनु पर्ने व्यवस्था छ। हरेक वर्ष क्रिसमस पर्व को समयमा एक महिनाको तलब वार्षिक बोनस को रुपमा दिनु पर्ने हुन्छ  साथै, ३ पटक सम्म ‘रिलिज’ लिएर  रोजगारदाता परिवर्तन गर्न सकिने नियम छ।

त्यस्तै, रोजगारदाताको घरमा नरही बाहिर आफ्नै कोठा र खानाबस्ने सर्तमा  (आउट लिभिङ्ग ) मा रोजगार गर्न आउने घरेलु कामदारले ६०० युरो तलब पाउँछन  जस बाहेक  सामाजिक सुरक्षा योगदान, स्वास्थ्य बिमा (गेसी) मा कामदारबाट पहिले नै काटेर रोजगारदाताले तिरी दिन्छन। झट्ट हेर्दा छ सय युरो धेरै देखिए पनि खाना, बिजुली,पानी, कोठा भाडा र यातायात जोड्ने हो भने इनलिभिङ्ग बस्ने ले नै धेरै पैसा जोगाउछन।

इनलिभिङ्ग र आउट लिभिङ्ग बस्ने ले ‘पार्टटाइम’ काम गर्न पाउछन त?

हाउसमेडले कुनै पनि किसिमको ‘पार्ट टाइम’ गर्न नियमअनुसार पाउदैनन्। ‘कन्ट्रयाक’ पेपर अनुसार को नियम केहि रोजगारदाता ले मान्दैनन भने केहि हाउसमेड पनि मान्दैनन्। यहि दुवै पक्षको केहि कमजोरीका कारण रोजगारदाताले  पार्टटाइम काम गर्न अनुमति दिन्छन। तर अनुमति दिए पनि इमिग्रेसन डिपार्टमेन्टमा गुनासो परेको अवस्था वा छड्के चेकिङ्गमा परियो भने कामदार र इम्प्लोयर दुवैलाई जरिवाना हुन्छ।

दुवै पक्षको कमजोरी के हो ?

अधिकांस हाउसमेडको काम  वृद्धवृद्धा ( याया/पापु ) को हेरचाहमा हुन्छ भने कोहि  परिवारमा मात्र काम गर्ने हुन्छन जसमा घर सरसफाई मात्र हुन्छन।  त्यस्ता इम्प्लोयरहरुले न्युनतम तलब र ७ घण्टा काम गर्न लगाएर बाकि समयमा पार्टटाइम गर्न अनुमति दिन्छन। सार्वजनिक बिदा र आइतबार बिदा का दिन काम गर्न लगाउदा थप पैसा दिनु पर्ने, बोनस दिन पर्ने टेन्सन लिनु भन्दा बाहिर काम गर्न दिदा फाइदा देख्ने भएर पार्ट टाइम गर्न दिन्छन।

यता, हाउसमेडले पनि ३१४ युरो  तलब बाहेक अन्य काम गर्दा थप आम्दानि हुने र स्वतन्त्रता पाइने मुख्य कारण हो।इनलिभिंग मा काम गर्ने हाउसमेडले १२-१६ घण्टा काम गर्नु पर्ने हुन्छ उनीहरुले जति घण्टा काम गरे पनि पाउने ३१४ युरो मात्रै हो। ओभरटाइम भन्ने नै हुदैन।  घरमै काम गर्दा प्रति घण्टा १ युरो ३० सेन्ट कमाइ हुन्छ भने बाहिर जुन सुकै काम गर्दा 5 युरो प्रतिघन्टा कमाइ हुन्छ जसबाट सामाजिक सुरक्षा योगदान मा पैसा दिनु पनि पर्दैन।

घर मा काम गर्दा ८ घण्टामा करिब ११ युरो कमाइ हुन्छ भने बाहिर ८ घण्टा काम गर्दा ४० युरो कमाइ हुन्छ। यसैले  भर्खर साइप्रस आइपुग्ने नयाँ हाउसमेडले रिलिज लिएर आउट लिभिङ्ग काम खोज्ने कारण यहि हो।

हाउसमेड ले कति वर्ष सम्म साइप्रस बस्न पाउछन ?

नयाँ व्यवस्था अनुसार हाउसमेडले नियम इम्प्लोयरले जति वर्ष सम्म राख्न मिल्छ। केहि वर्ष पहिले सम्म हाउसमेडले ६ वर्ष पछि साइप्रस छोड्नु पर्ने व्यवस्था थियो।

release paper Cyprus houdemaid Domestic worker

रिलिज कति पटक लिन पाइन्छ ?

साइप्रस सरकारले घरेलु कामदारले केहि अवस्था बाहेक ३ पटक सम्म रिलिज लिएर रोजगारदाता परिवर्तन गर्न पाउछन्। काम गर्न नसकेमा , तलब सेवा चित्त नबुझेको अवस्था वा खाना बस्न को कारण वा  अन्य कुनै कारण भएमा हाउसमेड ले रिलिज लिन सक्छन।

तर, कामदारको रोजगारदाता को मृत्यु भएमा रिलिज पाइन्छ जसको हिसाब यो ३ पटक मा गनिदैन। त्यस्तै , इम्प्लोयरले साइप्रस छोडेर अन्तै देश गए पनि रिलिज पाइन्छ।

रोजगारदाता नर्सिङ्ग होममा वा रिहाब सेन्टरमा भर्ना भए पनि हाउसमेडले रिलिज पाउछन। हाउसमेड माथि यौन हिँसा, कुट्पिट, जबर्जस्ति जस्ता क्रियाकलाप गरेमा इम्प्लोयरलाई पक्राउ गरि केस चल्छ भने हाउसमेडले रिलिज पाउने व्यवस्था छ।

साथै, कुनै कारण ले रिलिज नदिएमा हाउमेडले गुनासो गरि  लेबर कोर्टले हाउसमेड कै पक्षमा फैसला सुनाएको खण्ड मा पनि इम्प्लोयरले रिलिज दिन बाध्य हुन्छ यस्तो अवस्थामा पाएको रिलिज पेपर को हिसाब यो ३ पटक मा गनिदैन।

रिलिज को डेट कति हुन्छ ? डेट सकिए पछि के हुन्छ ?

रिलिज पेपर मा लेखिएको डेट मिति बाट ३० दिन सम्म रिलिज पेपर को म्याद हुन्छ।  ३० दिन भित्र काम खोजि सक्नु पर्ने हुन्छ।  रिलिज पाएको मितिले ९० दिन भित्र अर्को भिसा को लागि इम्मिग्रेसन डिपार्टमेन्ट मा नयाँ इम्प्लोयर को भिजा लगाउनको लागि सबै डकुमेण्ट पेश गरि सकेको हुनु पर्छ।

रिलिज को डेट सकिएको अवस्थामा तपाइँ इम्मिग्रेसन को चेकिङ्ग मा पर्नु भयो भने सिधै नेपाल डिपोर्ट हुने सम्भावना रहन्छ। डेट सकिएको अवस्थामा चेकिङ्ग मा परेर डिपोर्ट भएको घटना केहि महिना अघि आईनापामा भएको थियो।

रिलिज नदिए के गर्ने ? कसरि लिने यहाँ क्लिक गरेर पढ्नुहोस्

इम्प्लोयरलाई दिने  ३० दिन को नोटिस कसरि लेख्ने ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *