Nrna CyprusPaid Promotionसंघसंस्था गतिविधिसाइप्रस न्युज

नयाँ वर्षमा साइप्रसमा ‘कट्टा’ हान्न आउदै गायिका एलिना चौहान

शेयर गर्नुहोस्

गैर आवासीय नेपाली संघ (एनआरएनए )साइप्रसले नव वर्ष विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ।  आगामी अप्रिल १४ तारिख आइतबारको दिन पारेर लिमासोल को नियो फिस्ता बेनक्युट  हलमा कार्यक्रम हुने पक्का भएको हो।

नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर  गरिन लागेको कार्यक्रममा नेपालबाट आमन्त्रित गायिका एलिना चौहानको विशेष सांगीतिक प्रस्तुति रहने आयोजनले जनाएको छ।

संस्थाले आफ्नो आर्थिक अवस्था मजबुत बनाउदै निकट भविष्य मै  हुने मानसिक स्वास्थ्य परामर्श शिविरलाई टेवा पुर्याउने उदेश्य लिएर सो कार्यक्रम आयोजना गर्न लागिएको महासचिव धतानन्द पाण्डेले जानकारी दिए।  उनका अनुसार विभिन्न देशमा कार्यरत नेपाली मानसिक स्वास्थ्य विशेषज्ञलाई साइप्रस मै झिकाएर प्रत्यक्ष रुपमै साइप्रसका नेपाली समुदायले भेट्ने  र आवश्यक  परामर्श दिने व्यवस्था मिलाउन लागिएको हो । साइप्रसमा पछिल्लो समय बढि रहेको नेपाली कामदारको   घरेलु कामदारले भोग्ने शारीरिक तथा  मानसिक तनावले डिप्रेसनको सिकार भएका र डिप्रेसनमा पर्न लागेका  नेपालीलाई सो शिविरले फाइदा पुग्ने आशा रहेको महासचिव पाण्डेले बताए।

कार्यक्रम कि मुख्य आकर्षण राष्ट्रिय कलाकार गायिका एलिना चौहानको सांगीतिक प्रस्तुति रहने छ भने स्थानिय कलाकारले पनि आफ्नो प्रस्तुति दिने छन्।   गायिका चौहानको  पछिल्लो गीत “कट्टा हान्दिन्छु ” निकै मन पराइएको थियो।  गायिका चौहानका  सबै गितहरु चर्चित छन्।

आयोजक पक्ष ले साइप्रस भरिका विभिन्न शहर बाट बस सुविधा उपलब्ध गराएको छ। साथै कार्यक्रमको लागि प्रवेश शुल्क २० युरो तोकेको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *