मनोरंजनसाइप्रस न्युज

संगीतमय साइप्रस, भिटेन, राजेश पायल राई र एलिना चौहानको कार्यक्रम हुँदै

शेयर गर्नुहोस्

अंग्रेजी नयाँ वर्ष लागे देखि साइप्रस नेपाली राष्ट्रिय कलाकार सहितका कार्यक्रमले संगीतमय बन्दै गएको छ। विभिन्न चाडपर्व र नयाँ वर्षको अवसर पारेर साइप्रसमा लगातार कार्यक्रम भै रहेका छन्।  पछिल्लो समय नेपाल मगर संघ साइप्रसले गायिका  ज्योति मगर सहित कार्यक्रम सम्पन्न गर्यो भने सोनाम ल्होसार को अवसर पारेर नेपाल तामांग घेदुङ्ग साइप्रसले पनि गायक छेवाङ्ग लामा ‘लाहुरे’ सँग  एतिहासिक कार्यक्रम गर्न सफल भयो।

गायक छेवांग लामा , साइप्रसमा सांगीतिक प्रस्तुति दिदै     // तस्बिर : समिम मियाँ

ग्याल्पो ल्होसार  अवसर पारेर शेर्पा किदुक साइप्रसले पनि पोर्चुगल बाट  गायक सोनाम शेर्पा लामा सहित भव्य कार्यक्रम आयोजना गर्यो।  स्थानिय कलाकार र दर्शकको बाक्लो उपस्थिति मा कार्यक्रम सम्पन्न भएको एक हप्ता पछि नै साइप्रसमा चर्चित र्यापर “भिटेन” को कार्यक्रम आयोजना हुदै छ।

साइप्रसमा चर्चित र्यापर समिर घिसिङ्ग  “भिटेन” को कार्यक्रम

साइप्रसमा स्थापित लाखे क्रियसनले  चर्चित र्यापर “भिटेन” सहित कार्यक्रम आयोजना गर्न लागेको छ। लिमासोल स्थित ‘नोट्स लाइभ’ भेन्यु मा आउदो मार्च ३ तारिख आइतबारको दिन आयोजना हुने कार्यक्रममा चर्चित कथा वाचक  साइग्रेस र स्थानिय कलाकारको प्रस्तुति रहने बताइएको छ।

समिर घिसिङ्गका गितहरु युवा वर्गमा चर्चित रहेका छन्।  कार्यक्रम को लागि शुक्रबार नै भिटेन साइप्रस आइपुगी सकेका छन्।

युरोप टुर अन्तर्गत साइप्रसमा पनि भिटेन को प्रस्तुति हुने भएको हो।  करिब एक हजार दर्शक अट्ने सुविधा सम्पन्न कार्यक्रम स्थल सम्म आइपुग्न आयोजकले सबै सहर बाट बसको व्यवस्था गरेको छ। टिकट शुल्क २५ युरो तोकिएको छ भने  सिट संख्या सिमित भएकाले अग्रिम टिकट बुक गर्न आयोजकले अनुरोध गरेको छ।

राजेश पायल राई र एलिना चौहान को कार्यक्रम अप्रिलमा हुदै

एसएम इन्टरटेन्टमेन्ट र कोष ओभरसिजको संयुक्त आयोजनामा आगामी अप्रीलमा नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राईले सांगीतिक धमाका मच्चाउँदैछन् । आयोजकले कार्यक्रम बारे पूर्ण जानकारी छिटै सार्वजनिक गर्ने बताएको छ।

यता, गैर आवासिय नेपाली संघ राष्ट्रिय सम्वंवय परिषद साइप्रसले पनि आगामी अप्रील १४ तारिखमा गायिका एलिना चौहान सहित सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।  नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर एनआरएनए साइप्रसले सो कार्यक्रम आयोजना गर्ने भएको हो।  गायिका चौहानको साथमा स्थानीय कलाकारको पनि सांगीतिक प्रस्तुति रहने बताइएको छ।

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *