Domestic Worker

युनिसा तामाङ्ग मृत्यु प्रकरण: के भएको थियो खास ? हत्या कि आत्महत्या ?

शेयर गर्नुहोस्

विदेशको कमाइले आफ्नो र परिवारको भविष्य बनाउछु भन्ने सोचले साइप्रस आइपुगेकी युनिशा तामांगको जनवरी १७ मा मृत्यु भयो। घरेलु कामदारको रुपमा करिब २ वर्ष अघि लिमासोल आइपुगेकी तामांगको मृत्युको खबर सो दिन साँझ अबेर सम्म साइप्रस भरि फैली सकेको थियो।

साइप्रस प्रहरी को प्रारम्भिक रिपोर्ट अनुसार बुधबार दिउसो साढे २ बजे मृतक का रोजगारदाताले तामांग लाई आफ्नो घर मा मृत फेला  पारेको थियो। रिपोर्टका अनुसार  लिमासोल जेनेरल हस्पिटलका डाक्टरले  तामांगलाई मृत घोषणा गरेका थिए। सिन्धुपाल्चोक घर भएकी २७ वर्षिय युनिसा  तामाङको मृत्यु को   कारण भने खुलेको थिएन।  प्रहरीले आफ्नो रिपोर्टमा थप अनुसन्धान गर्न सीआइडि लाई केस दिएको भनि जानकारी दिए पछि नेपाली समुदायले घटना शंकाशपद देखिएको प्रतिक्रिया दिए।

यो घटना घटेको करिब डेढ महिना अघि मात्र एक  नेपाली युवतीले आत्महत्या गरेकी थिइन्।  नेपाल बाट आएको एक हप्ता नबित्दै आत्महत्या गरेको खबरबाट बल्ल बल्ल  निस्किदै गरेको नेपाली समुदायमा  अर्को घटनाले भयको माहोल बनायो।  सामाजिक संजाल भर यो घटना  आत्महत्या  भनेर खबर आए पछि  नेपालीले आ-आफ्नो अनुभव र अनुमान को मिश्रित प्रतिक्रिया  दिए।  खास गरि घरेलु श्रमिकले दिएको प्रतिक्रियामा  रोजगारदाताले ” विभिन्न बहानामा मानसिक “टर्चर” दिएर  यस्तो गर्न बाध्य पारिएको हुन सक्ने बताइएको थियो।

मृतक तामांगको घर छिमेकमा बस्ने अर्की नेपालीले फेसबुकमा एक भिडियो पोस्ट गरे पछि  सो भिडियो भाइरल भयो। भिडियोमा  तामांगले  आत्महत्या गर्न नसक्ने बताइएको थियो भने हत्या भएको हुन सक्ने शंका सहित  केहि  आधार बताइएको थियो।  सीआइडि अनुसन्धानमा रहेको विषयमा बिना तर्क र आधार  बोल्न नहुने बारे  अधिकांस नेपालीले बिर्सिए।  मृतक तामाङ्ग बारे टिकटक, फेसबुक र अन्य संजाल भरि सामान्य मानविय सम्वेदनाको समेत ख्याल नगरी चरित्र माथि पनि प्रश्न उठाउने पोस्टहरु देखिए भने कतिले घटना सेलाउन नदिन मिडियाकर्मी र नेपाली कन्सुलेटलाई विभिन्न माध्यम बाट सम्पर्क गरि रहे।  नेपालबाट परिवारले पनि छानबिन गर्न र शव छिट्टो झिकाईदिन आफ्नो पहल जारी राखे।

के आयो पोस्टमार्टम रिपोर्टमा ?

१७ जनवरी मा प्रहरीले शवलाई पोस्ट मार्टम गर्न लिमासोल जेनेरल हस्पिटल पठायो।  साइप्रस-नेपाल डट कमलाई प्राप्त पोस्ट मार्टम रिपोर्टमा झुन्दिएर मृत्यु भएको उल्लेख छ।  साधारणतय: पोस्टमार्टममा जाँदा  शवको स्थिति, निशान, घाउ चोट , डाम, देखि गर्भवती हो होईन सबै हेर्ने गरिन्छ।  हत्याको नजरले रिपोर्ट हेर्ने हो भने सो रिपोर्टमा आफ्नो बचावको प्रयासमा  लाग्ने सामान्य घाउचोट वा निशान  बारे उल्लेख छैन  यदपि प्रहरीले पनि हत्या भएको शंका गर्ने आधार पाएको छैन।

प्रहरी संग अफ रेकर्ड भएको कुराकानीमा घटनास्थलमा पुग्दा तामांग बाथरुमको  ‘सावर ह्याण्डल’ मा झुण्डिएको फेला परेकी थिइन्।

के लेखिएको थियो डायरीमा ?

साइप्रस-नेपाल डट कमले युनिसा तामांगको व्याक्तिगत डायरी प्राप्त गरेको थियो। डायरीमा रोमन अंग्रेजीमा सायरी, मनका भावना लेखेको देखिन्छ। सम्भावित प्रेमीलाई “डेडिकेट’ गरेर लेखिएको ति सायरी र भनाइ  मा प्रेम, बिछोड, रोष  र बदला को भावना झल्किन्छ।यी भावना बाहेक डायरीमा अंग्रेजीमा लेखिएको “डिस बोइ ब्ल्याकमेल सेन्ड मनी ” लेखिएको हरफले प्रहरीको ध्यान खिचेको थियो। यो हरफ नै मृतक तामांग को मृत्यु कारण हो कि भनेर प्रहरीले अनुमान गरेको छ।

पछिल्लो केहि समय यता साइप्रसमा प्रहरी बनेर वाट्सअप मा भिडियो कल गरेर डर त्रास देखाएर ठग्ने घटना बढेको छ।नेपालि समुदायमा पनि यस्तो कल आउने गरेको भनि दिनहु सुन्ने गरिएको छ।  यस्तै, कुनै ठगिमा परेर आत्महत्या को बाटो रोजिन् कि भन्ने अनुमान छ।

ठगि (scam) मा परेको हो कि भन्ने अनुमान  ?

मृतकका बुबा संग  को कुराकानी अनुसार जेठ देखि उनले घर मा पैसा पठाएकी थिइनन्।  तर मृत्यु हुनु अघि को आइतबार  बिदाको दिन उनि साथी संगै पैसा पठाउन गएकी थिइन्। पैसा पठाएर निस्किदा उनले भाइलाई पैसा पठाएको बताएकि थिइन्। तर घर परिवारले भने पैसा  पठाएको इन्कार गरे। दुवई मा काम गर्ने उनका प्रेमीले पनि आफुलाई वा अन्य कोहिलाई पैसा पठाएको बारे जानकारी नभएको बताए। पैसा कसलाई र कति पठाएको हो भन्ने बारे अहिले सम्म नि पत्ता लागेको छैन।

स्रोत अनुसार उनले हालै नयाँ सिम कार्ड चलाउन थालेकी थिइन भने फेसबुक पनि नयाँ बनाएको थिइन्। मृतकको २ ओटा मोबाइल बाट  के जानकारी फेला पर्यो भनेर अझै खुलेको छैन।

शव नेपाल पुग्यो, नेपाल तामाङ्ग घेदुङ्ग को परिवारलाई आर्थिक  सहयोग

मृतक युनिसाको पार्थिव शरीर मंगलबार  नेपाल पुगेको छ। त्रिभुवन विमानस्थलमा शव बुझ्न आएका परिवारलाई नेपाल तामांग घेदुङ्ग साइप्रसले विमानस्थल मै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेको छ। बिपन्न परिवारलाई केहि राहत होस् भन्ने हेतुले ८५ हजार रुपैया सहयोग गरेको घेदुङ्ग साइप्रसले जनाएको छ।  संस्थाका प्रतिनिधि आफै पुगेर सहयोग गरेको घेदुङ्ग साइप्रस ले बताएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *