देश विदेश

मलेसियामा दुई नेपाली सुरक्षा गार्डको हत्या !

शेयर गर्नुहोस्

मलेसियाको सेरामवानमा दुई नेपाली मृत फेला परेका छन् । दुवै जनाको अनुहारमा गम्भीर चोट देखिएका कारण उनीहरुको हत्या भएको प्रहरीले आशंका गरेको छ ।

मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माका अनुसार ओकल्याण्ड कमर्सियल सेण्टरमा उनीहरु मृत फेला परेका हुन् । मृत्यु हुनेमा एकजना ३५ वर्षिय र अर्का ४६ वर्षिय रहेको जनाइएपनि उनीहरुको थप पहिचान खुलाइएको छैन ।

ति व्यक्तिहरुको अनुहारमा गहिरो चोट छ । मृत्यु भएका व्यक्तिसँगै अर्का एक नेपाली भेटिएको प्रहरीले जनाएको छ । फेला परेका ति व्यक्तिले मादक पदार्थ सेवन गरिएको आशंका गरिएको र उनको साथबाट एउटा हथौडा पनि बरामद भएको छ । सो हथौडा ति दुई नेपालीको हत्यामा प्रयोग भएको हुनसक्ने प्रहरीको आशंका रहेको समाचारमा जनाइएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु भएको जनाएको छ ।

 

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2022/12/139 )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।