देश विदेश

आइतबार नेप्से घट्यो

शेयर गर्नुहोस्


काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक ३३ दशमलव ३३ अंकले घटेर २ हजार ४ सय ९३ दशमलव ५९ अंकमा झरेको छ। आजको कारोबारमा म्यूचुअल फण्डबाहेक सबै उपसमूहमा गिरावट देखिएको छ।

आइतबार १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता सेयर ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार भन्दा धेरै रूपैयाँमा किनबेच भएको छ। आजको कारोबारमा सबैभन्दा कमाउने शीर्ष ५ कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नेको इन्स्योरेन्स कम्पनी कम्पनी छन्।

त्यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष ५ कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त रहेका छन्। आइतबार सबैभन्दा धेरै नेको इन्स्योरेन्सको ५२ करोड ३३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *