देश विदेश

धारणा

शेयर गर्नुहोस्

एक दिन अगाडि मात्र हस्पिटलमा सुत्केरी भएकी आफ्नी पत्नीलाई डिस्चार्ज गरेर घर पुरयाउनेबित्तिकै कैलाशले आमासंग भन्यो – आमा , मलाई ज्वानुको गन्ध मन पर्दैन । उल्टी आउलाजस्तो हुन्छ । म पन्ध्र दिन जति बहिनीकोमा बस्छु । उतैबाट जागिरमा आउनेजाने गर्छु है ।

– त्यस्तो मन नै नपर्ने भए म के भनौ र बाबु।

त्यसरी नै तीनतीन पटकसम्म ज्वानो गन्हायो भनेर ऊ न्वारनसम्म बाहिर नै खाने बस्ने गर्दै आएको थियो। तर, योपालि भने कैलाशले घर छोडेको छैन। अफिसमा पन्ध्र दिनको बिदा लिएको छ । साथीसंग भनेर एक हाप टिन घ्यू , एक ग्यालेन शुद्ध तोरीको तेल र घोर्ले खसी पनि मगाएको । उसलाई आमाले पकाएर दिएको पटक्कै मन परेको छैन र आफै फुर्तिलो भएर सुत्केरीको स्याहारसम्भारमा खटिएको छ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/arts/462971-1613903037.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *