चीनमा क्रिकेटलाई के नामले बोलाईन्छ ? भन्ने प्रश्न गर्दा यी खेलाडीले दिए यस्तो जवाफ (भिडीयो)
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेटमा चीनले पाईला टेकेको लामो समय भएको छैन । अन्य खेलहरुमा चीनले फड्को मारे पनि क्रिकेट खेलमा उसको प्रर्दशन खासै राम्रो रहेको छैन । सन २००४ मा अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को सदस्य राष्ट्रको रुपमा मान्यता पाएको चीनले सन २०१७ मा आएर एसोसीयट राष्ट्रको रुपमा मान्यता पायो । चीनले सन २००९ को एसीसी ट्रफी च्यालेन्ज प्रतियोगिता सम्म अन्तराष्ट्रिय क्रिकेटमा खेल्न सुरुवात गरेको थिएन । यद्यपि शंघाई क्रिकेट क्लबले सन १८६६ देखी अन्तर्राष्ट्रिय टोलीहरु बिरूद्ध इन्टरपोर्ट खेलहरु खेलेको थियो। चीनले एसीयाली क्रिकेट परिषद् (एसीसी)का प्रतियोगिताहरुका साथै सन २०१० र २०१४ मा भएको एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाई सकेको छ । चीनको विशेष प्रशासनिक क्षेत्रको रुपमा रहेको हंगकंग र चीनको २३ औं प्रान्तको रूपमा दावी गरिएको ताइवान यी दुईको अन्तर्राष्ट्रिय क्रिकेटमा आ–आफ्नै छुट्टै टोली रहेका छन ।
सन २०१८ अप्रिलमा आईसीसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई टि २० अन्तराष्ट्रिय (टी २० आई) को मान्यता दियो । त्यसकारण २०१९ जनवरी १ बाट चीन लगायत अन्य आईसीसी सदस्य राष्ट्रहरुले टी २० अन्तराष्ट्रिय मान्यता पायो । आईसीसी टी २० विश्व वरियतामा ८१ औं स्थानमा रहेको चीनका एक खेलाडी पाकिस्तानमा शनीवारबाट सुरु भएको पाकिस्तान सुपर लीग (पीएसएल) मा आफ्नो टोलीसँग अभ्यास गरिरहेका थिए । अभ्यासको क्रममा उनीसँग क्रिकेट कमिन्टेटर रमीज राजाले चीनमा क्रिकेटलाई के भनिन्छ ? भनेर प्रश्न गर्दा उनले ‘पांग्चू’ भनेर जवाफ दिएका थिए ।
(चीनका खेलाडीसँग कुराकानी गरिएको भिडीयो)
As per this interview by @iramizraja, Cricket in China is called @benstokes38 😉😉 @ChloeAmandaB FYI 😝 pic.twitter.com/DyxjAImyU6
— Pie-Chuckers Cricket Podcast (@ChuckersPie) February 21, 2021
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/228991/