क्यानडाको संसदले चीनले उइगर मुस्लिममाथि गरेको व्यवहारलाई ‘नरसंहार’ ठहर गर्यो
काठमाडौं। क्यानडाको संसद हाउस अफ कमन्सले शतप्रतिशत बहुमतले चीनले अल्पसंख्यक उइगर मुस्लिम समुदायमाथि गरेको व्यवहारलाई ‘नरसंहार’ ठहर गरेको छ । यो प्रस्तावको पक्षमा सत्तारुढ लिबरल पार्टीसँगै सबै विपक्षी दलहरुले समेत मतदान गरेपछि प्रस्ताव २६६–० ले पारित भएको हो ।
यससँगै चीनको कदमलाई नरसंहार ठहर गर्ने क्यानडा अमेरिकापछिको दोस्रो देश बनेको छ । सांसदहरुले यदि चीन सरकारले यो नरसंहार जारी राखेमा २०२२ हिउँदे ओलम्पिक बेइजिङबाट सार्नको लागि आन्तरिक ओलम्पिक कमिटीलाई निर्देशन दिन क्यानडा सरकारलाई भन्ने पक्षमा पनि मतदान गरेका छन् ।
प्रधानमन्त्री जस्टिन ट्रुडो यसअघि चीनको शिनजियाङ प्रान्तमा अल्पसंख्यक उइगुरमाथि चीनको व्यवहारलाई नरसंहार ठहर गर्न हिच्किचाइरहेका थिए । उनले यो निर्णय गर्नको लागि थप अनुसन्धान आवश्यक भएको बताएका थिए । मतदानमा पनि १ जना मन्त्रीबाहेक ट्रुडोसहित उनको मन्त्रीमण्डलका सबै मन्त्रीहरु अनुपस्थित थिए । मतदानका क्रममा विदेश मन्त्री मार्क गार्नेउ मात्र संसद भवनमा देखिए । उनले आपवmू क्यानडा सरकारको तर्फबाट अनुपस्थित भएको बताए ।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/229451/