सरकारसँग वार्ता गर्न विप्लव समूहले प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गर्यो
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा वार्ता टोली गठन गरेको छ। मंगलबार छलफलका लागि सरकारले गृहमन्त्री राम बहादुर थापा नेतृत्वको तीन सदस्यीय वार्ता टोली गठन गरेलगत्तै विप्लव समूहले पनि वार्ता टोली गठन गरेको हो।
पूर्वमन्त्री समेत रहेका विश्वकर्मा विप्लव समूहका वरिष्ठ नेता हुन्। वार्ता टोलीमा उदय बहादुर चलाउने (दीपक) सदस्य रहेका छन्।
केही समयअघि पार्टी महासचिव विप्लवले एक विज्ञप्तिमार्फत आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएको थियो।
विप्लवले जारी गरेको विज्ञप्तिः
प्रकाशित: १८ फाल्गुन २०७७ १४:४१ मंगलबार
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/politics/469911-1614675377.html