साइप्रस न्युज

साईप्रसमा नारी दिवस भर्चुअल माध्यम बाट मनाइयो

शेयर गर्नुहोस्

साईप्रस , युरोप
प्रवासमा रहेका सारा महिलाहरु एकिकृत भएर संयुक्त रुपमा अवाज उठाउनुपर्ने साईप्रसका महिलाहरुले जोड दिएका छन । गैरआवासीय नेपाली सघं साईप्रसको आयोजनामा १११ औ विश्व नारी दिवसको अवसरमा आयोजित शुभकामना अदान प्रदान कार्यक्रममा नेपालमा अझै पनि महिलाहरु असुरक्षित रहेको भन्दै चिन्ता समेत ब्यक्त गरेका छिन ।

एनआरएनए साईप्रसकी महिला प्रतिनिधि सरिता चौधरीको अध्यक्षता एवमं कार्यसमिति सदस्य राधा पोख्रेलको संचालनमा भएको कार्यक्रममा प्रवासी नेपाली एकता मचं साईप्रसकी अध्यक्ष रमिला राईले आफनो देशमा महिलाहरु उच्च ओहदा सम्म पुगेपनि महिला हिसांमा कमि नआउनु भनेको आफनो छोरीहरु अझै असुरक्षित रहनु दुर्भग्य भएको बताउनु भयो । आफुहरु प्रवासमा रहेर आफनो बालबालिकाको भविष्यका लागि कठोर मिहनेत गरेर भएपनि सारा महिलाहरु एकिकृत भएर अवाज बुलन्द गर्नुपर्ने जनसम्पर्क समिति साईप्रसकी उपसभापति पुष्पा मिश्रले बताउन भयो ।

उहाले साईप्रसमा रहेका सारा नेपालीलाई जोडने प्रयास गरेकोमा एनआरएनए साईप्रसलाई धन्यबाद दिनुभएको थियो । प्रवासमा बसेर भएपनि गौतमबुद्धको जन्मस्थललाई चिनाउनका लागि आफहरुको प्रयासलाई सहयोग गर्न र सारा महिलाहरुलाई एउटै ठिक्का भएर लाग्नुपर्ने रुपन्देही समाज साईप्रसकी अध्यक्ष जानु अधिकारी कार्कीले आग्रह गर्नुभएको थियो ।

साईप्रसमा रहेका सारा नेपालीहरुको समस्या समाधानका लागि यहा रहेका सबैको एउटै अवाज हुनुपर्ने जनमुक्ति पार्टी साईप्रसकी अध्यक्ष तारा राईले आग्रह गर्नु भयो ।

कार्यक्रममा तमु समाज साईप्रसकी सचिव नानु तमु , तमागं घेदुगं साईप्रसकी अध्यक्ष लक्ष्मि ब्लोन , शेर्पा किदुक साईप्रसकी अध्यक्ष निमदिकी शेर्पा , जागौ नेपाल साईप्रसकी अध्यक्ष शुसिला चुडाल उप्रेती , ह्यल्मो युनिटि साईप्रसकी अध्यक्ष मिना ह्रयल्मो , गुल्मी सेवा समाज साईप्रसकी शान्ति शाही , सरिता सेन ठकुरी , नेपाल मगर सघंकी माया पुर्जा मगर , पत्रकार महासघं युरोप शाखाको कार्यसमिति सदस्य एवमं साईप्रस नेपाल डटकमका सम्पादक दिनेश गौतम , साईप्रसका सबै सामाजिक सघंसस्थाहरुको प्रतिनिधि लगाएतले महिला दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

साथै भर्चुवल कार्यक्रममा साईप्रसका विभिन्न सामाजिक  , राजनितिक , एवमं जातिय सघंसस्थाबाट सक्रिय रुपमा महिला दिदीबहिनीहरुले सहभागिता जनाएकोमा गैरआवासीय नेपाली सघं साईप्रसले विशेष धन्यबाद दिएको एनआरएनए साईप्रसकी महिला प्रतिनिधि सरिता चौधरीले बताउनु भयो ।

 

यो पनि पढ्नुहोस् : लकडाउन सहज बारे घोषणा शुक्रबार सम्म स्थगित

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *