nepali consular office

Domestic Workerमहत्वपूर्ण जानकारी

Holiday paper बनाउन के के कागजात चाहिन्छ?

६ महिना म्याद रहेको सक्कली पासपोर्ट
पिन्क कार्ड वा भिसा कार्ड ( भिसा कार्ड नआएको भए रि इन्ट्री भिसाको छाप लगाएको माइग्रेसन विभाग को रसिद)
सक्कली करार सम्झौता (कन्ट्रयाक पेपर) यी तिन कागजात लिएर निकोसिया स्थित नेपाली कन्सुलेट अफिसमा पेश गरेर 25 युरो शुल्क बुझाउनु पर्छ । अनुसुची 8 को कागज सहित माथी उल्लेखित कागजातको फोटोकपीमा कन्सुलरले छाप लगाएर सिफारिस तयार गरि तपाईंलाई दिन्छ । साथै काठमाडौ स्थित श्रम विभाग र सातै प्रदेशका श्रम कार्यालयमा समेत इमेल गरिदिनेछ । यो कागजात लिएर अब श्रम बनाउन जादा तपाईलाइ कुनै समस्या हुदैन ।

Read More