देश विदेश

अन्नपूर्ण सुगर मिलले दैनिक एक करोड रुपैयाँ भुक्तानी गर्ने

शेयर गर्नुहोस्

काठमाण्डाै – रौतहटमा रहेकाे अन्नपूर्ण सुगर मिलले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । यस मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक एक करोड रुपैयाँका दरले रकम भुक्तानी गर्ने जनाएको हो ।

मिलले दैनिक एक करोड रुपैयाँका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका सञ्चालक राकेश अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार गएकाे वर्ष किसानलाई अठार करोड रुपैयाँ भुक्तानी गरिएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार यस मिलले भुक्तानी गर्नुपर्ने रकम सत्र करोड रुपैयाँ छ । यसैगरी राकेश अग्रवाल सञ्चालक रहेको नवलपरासीमा रहेकाे इन्दिरा सुगर मिलले चार करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

सबैभन्दा धेरै बक्यौता रकम रहेको श्रीराम सुगर मिलले गएकाे शुक्रबारदेखि भुक्तानी सुरु गरेको छ । यस मिलले सोमबारसम्म बक्यौता रकम भुक्तानी गरिसक्ने उद्योग मन्त्रालयमा सहमति गरिसकेको छ । मन्त्रालयमा गरेको सहमति अनुसार यस मिलले शुक्रबार छ हजार किसानलाई १६ करोड ४४ लाख ७० हजार रुपैयाँ ​ बक्यौता रकम भुक्तानी गरेको बताएको छ ।

गएकाे वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौता अनुसार रकम भुक्तानी नपाएको भन्दै गएकाे आइतबारदेखि उखु किसानले काठमाण्डौ आन्दोलन गर्दै आएका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी चिनी मिलको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको चार करोड ७० लाख रुपैयाँ, अन्नपूर्ण सुगर मिलको १७ करोड रुपैयाँ र श्रीराम सुगर मिलको ३५ करोड गरी पाँच चिनी मिलबाट ६५ करोड ३१ लाख रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

दुई मिलले बक्यौता रकम भुक्तानी गर्न सुरु गरे पनि अन्य मिलले भुक्तानी सुरु गरेका छैनन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *