फेरि लकडाउन गर्नु अन्तिम विकल्प : स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस्

पछिल्लो केहि दिन मा लिमासोलमा कोरोना संक्रमण देखिए पछि स्वास्थ्य  मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । स्थानीय समुदायमा रहेको भाइरस अझै पनि सक्रिय रहेकाले सर्वसाधारणले भिडभाड र ठुलो संख्या मा जमघट हुने स्थल मा जाँदा सावधानी अपनाउन स्वास्थ्य  मन्त्रालयले अनुरोध गरेको छ । 

लिमासोल  मारिना स्थित वागामामा रेस्टुरेन्टका स्टाफ ५ जनामा कोरोना संक्रमण देखिएको थियो। लिमासोल कै कोस्ता कफी सपका एक स्टाफ मा पनि कोरोना पोजेटिभ देखिए पछि सो स्टोर बन्द गरि निर्जलीकरण गरिएको छ भने सबै स्टाफ लाइ कोरोना टेस्ट गर्न पठाईएको सो स्टोर ले बताएको छ ।

महामारीको अवस्था राम्रो बनाउन र जनस्वास्थ्य को सुरक्षा गर्नु सबै नागरिकको व्याक्तिगत र सामाजिक जिम्मेवारी भएको स्वास्थ्य मन्त्रालयले दोहोर्याउदै भाइरसको संक्रमण फैलिनबाट रोक्न फेरि लकडाउन गर्नु नै अन्तिम विकल्प हुन सक्ने र यो हुनबाट रोक्न सबैको दायित्व भएको मन्त्रालयले बताएको स्थानीय मिडियाले जनाएका छन्।

आइतबार गरिएको ९१२ टेस्ट मध्य ४ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै संक्रमित को संख्या १०५७ पुगेको छ। निको हुने को संख्या ८५२ छन् भने १९ जनाको मृत्यु भै सकेको छ।

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *