बोर्डर खुलाउन भारतीय महावाणिज्यदूतलाई नगरपालिकाको पत्र

शेयर गर्नुहोस्

नेपाल सरकारले निर्णय गरेर नेपाल–भारत सिमानाका खोल्ने निर्णय गरिसकेको भए पनि भारतीय पक्षको अवरोध कायमै रहेको कारण आवागमन सहज हुन नसकेपछि रौतहटको एउटा पालिकाले बोर्डर खुलाउन महावाणिज्यदूतलाई गुहारेको छ। रौतहटको सदरमुकाम रहेको गौर नगरपालिकाले हिन्दी भाषामा औपचारिक पत्र पठाई नाका खुलाउन आग्रह गरेको छ।  

रौतहटको गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले नेपाल सरकारको मन्त्री परिषदको माघ १५ को निर्णयपछि खुलेको नेपाल–भारत बोर्डर तिन दिन संचालनमा रहे पनि भारतीय पक्षको अवरोध गरेपछि बन्द भएको हुँदा नेपाल भारत मैत्री सम्बन्ध खास गरी मधेस र बिहारमा शताब्दियौँदेखि रहेको बेटी रोटीको सम्बन्ध, सांस्कृतिक एवम् धार्मिक सम्बन्ध पनि अवरुद्ध भएकोले जनमानसमा अति कष्ठदायी जीवन बाँच्न बाध्यात्मक परिस्थिति सिर्जना भएको बताइएको छ।  

दुवै देशबिच रहेको बहुआयामिक तथा स्थानीय सम्बन्ध समेतलाई विचार गर्दै मेयर अजय गुप्ताले पर्साको वीरगंजस्थित भारतीय महावाणिज्यदूतलाई पत्राचार गरेका छन्।  

नेपाल–भारत सिमाबाट सहज आवागमन नहुँदा स्थानीयबासी निकै अप्ठ्यारोमा परेका छन्। सामाजिक संजालमा व्यापक असन्तुष्टिहरु सार्वजनिक हुन थालेपछि गौरका मेयर गुप्ताले औपचारिक पत्राचार गरी नाका खुलाउन भारतलाई आग्रह गरेका हुन्।

 

प्रकाशित: २६ माघ २०७७ १७:५७ सोमबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *