केपी ओलीले संविधानमा पनि आगो लगाए : पहाडी

शेयर गर्नुहोस्

मानव अधिकारवादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद विघटनसँगै संविधानमा पनि आगो लगाएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री ओलीले संसद विघटनसँगै संविधान र आफ्नै दलमा आगो लगाएका बताए।  

‘ओलीले आफनै दलमा आगो लगाए, संसद्मा आगो लगाए र संविधानमा पनि आगो लगाएर देशलाई अस्तव्यस्त बनाए,’ सोमबार सुनसरीको इनरुवामा आयोजित मधेशी नागरिक समाजको अन्तर्क्रियालाई सम्वोधन गर्दै पहाडीले भने, ‘संसद विघटनले जनताको अधिकार जोखिममा परेका छन्।’ उनले नेपालमा जनताले दाहसंस्कार गरिसकेका राजावादी समेत ओलीको कदमले सलबलाउन थालेको बताए।  

पहाडीले संसद् विघटन गरेपछि सबै संयन्त्रहरु प्रधानमन्त्री ओलीले आफनो कब्जामा लिएकोले देश कुनै बेला पनि ठूलो दुर्घटना हुन सक्ने जिकिर गरे। ‘प्रधानमन्त्रीले जसरी संसद विघटन गरे त्यसरी नै आफनो शासन लागू गरेर चुनाव गराएर अराजकता ल्याउन खोजेका छन,’ उनले भने।  

विभिन्न समयमा ओलीले विवादस्पद अभिव्यक्ति व्यक्त गरेर देशमा द्वन्द्व निम्ताउन खोजेको हुनाले उनको वचनको कुनै टुङ्गो नहुने पहाडीले जनाए। सो क्रममा नेपाली कांग्रेस सुनसरीका सभापति एवम प्रमुख प्रतिपक्ष दल १ नम्बर प्रदेशका प्रमुख संसदीय दलका नेता राजीव कोइरालाले संसद् विघटन विरुद्ध नागरिक समाजले गाउँ केन्द्रीत हुँदै जिल्लामा अग्रसर हुनुपर्ने बताए।  

 

 

 

प्रकाशित: २६ माघ २०७७ १९:३२ सोमबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *