तिम्रो न्यायको कसी

शेयर गर्नुहोस्

जबजब तिमीलाई

सपनाभरि खोज्दथें

तिमी कताकता

गायव हुन्थ्यौ

जबजब तिमीलाई

आँखा वरिपरि खोज्दथें

टाढाटाढा भागिदिन्थ्यौ

जबजब तिमीलाई

मनका चाहनाभरि खोज्दथें

तिमी बाहना गरीगरी

हिडिदिन्थ्यौ

जबजब तिमीलाई

अभाव

तनावभरि खोज्थें

तिमी अर्कै संसारमा

प्रभाव देखाउँदै हुन्थ्यौ

जबजब तिमीलाई

पीडाभरि खोज्दथें

तिमी चरीसंगै

सगरमा उडिदिन्थ्यौ

जबजब तिमीलाई

मिठो निद दिने

सिरानीभरि खोज्दथें

तिमी आँसु बनेर

आँखाको कोषबाट

तप्पतप्प बगिदिन्थ्यौ

भनन प्रिय

कहिल्यै सोध्यौ तिमीले ?

मेरो हालखबर

कसरी विश्वास गरूँ ?

तिमीले मलाई साँचो माया गरेका थियौ

तिमीले मेरो ख्याल राखेका थियौ

तिमीले मलाई न्याय गरेका थियौ।

श्रोत: नागरिक

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *