देश विदेश

अमर नेम्बाङको स्मृतिमा डा. भटराई र नेम्बाङ पुरस्कृत

शेयर गर्नुहोस्

बहुआयमिक व्याक्तिका धनि स्व. अमर नेम्बाङको स्मृतिममा प्रा.डा गोविन्दराज भटराई र विर नेम्बाङलाई साहित्यिक पुरस्कार प्रदान गरिएको छ। २०७५ माघ २६ गते निधन भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन प्रमुख अमर नेम्बाङको स्मृतिमा स्थापना भएको पुरस्कार सोमबार फिदिममा हस्तान्तरण गरिएको हो।

जनहि ५० हजार रासिको पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो। संविधान सभा सदस्य भिष्मराज आङदेम्बेले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए। अमर नेम्बाङ स्थापीत साहित्यकार समेत रहेका थिए।

पुरस्कृत प्रा. डा भटराईले अमर नेम्बाङको कृतित्वबारे चर्चा गरेका थिए। नेपाली साहित्यमा इको राईटिङमा नेम्बाङ अब्बल व्यक्तित्व रहेको बताएका थिए। समारोहमा बोल्दै भटराईले अमर नेम्बाङको सामाजिक काममा मात्र नभई साहित्यमा पनि महत्पूर्ण योगदान रहेको बताएका थिए।  

अमर नेम्बाङका सम्झनाको तरेली निबन्ध सग्रह, एक साँझको अवसान कविता संग्रह र अमेरिका भ्रमणका केही सम्झना नामक कृति प्रकाशित रहेका थिए। अमर नेम्बाङ स्मृति प्रतिष्ठानले आयोजना गरेको समारोहमा झापा, इलाम तथा पाँचथरका साहित्यकार जम्मा भएका थिए। उक्त अवसरमा रचना बाचन कार्यक्रम समेत राखिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आङदेम्बेले मुलुक स्थायीत्व र विकासको बाटोमा नहुँदा साहित्यकारहरुले बढि आक्रोस लेख्न बाध्य भएको बताएका थिए।  

नेम्बाङको स्मृतिमा राहत, छात्रवृति तथा स्थानीय तहलाई स्वास्थ्य सामाग्री समेत वितरण गरिएको थियो। सत्यहाङमा मावि इम्बुङमा कक्षा–१ मा ६ वर्षीय गाब्रेल नेम्बाङलाई १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो भने कुम्मायकका आगलागी पीडित कर्णबहादुर थापा र ढिकबहादुर थापालाई १२ हजार ५ सयका रुपैयाँका दरले राहत प्रदान गरिएको थियो। यस्तै पाँचथका स्थानीय तहलाई मास्क, थरमल गन वितरण प्रारम्भ गरिएको छ।

प्रकाशित: २७ माघ २०७७ ०८:२९ मंगलबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *