देश विदेश

नेपाल प्रहरीको साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर अपराध

शेयर गर्नुहोस्

काठमाडौं । कसैले इन्टरनेट र विद्युतीय उपकरण गरेर कुनै आपराधिक कार्य गरेमा यस्तो कार्यको अनुसन्धान र कारवाही प्रक्रिया नेपाल प्रहरीको साइबर ब्यूरोले अगाडि बढाउँछ । तर, एक १८ वर्षका युवा यतिसम्म हिम्मतवाला निस्किए कि उनले साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर आपराधिक कार्य गर्न थाले । यी युवालाई ब्यूरोले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

कपिलवस्तु वाणगंगा नगरपालिका २ घर भइ हाल रुपन्देही सैनामैना नगरपालिका बस्ने १८ वर्षीय प्रज्वल पोख्रेल नामका यी युवाले प्रहरी प्रधान कार्यालय अन्तर्गत रहेको साइबर ब्यूरोको लोगो प्रयोग गरेर ब्यूरोको नक्कली फेसबुक पेज बनाएका थिए । उनले यो नक्कली पेजमार्फत मेसेन्जरमा विभिन्न व्यक्तिहरुसँग च्याटमा कुरा गर्थे ।

यसरी उनले साइबर ब्यूरोबाटै कुरा गरेजस्तो पर्ने गरी कुरा गर्ने र आपराधिक लाभसमेत लिने गरेको पाइएको ब्यूरोले जनाएको छ । विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको भन्दै ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर रुपन्देही प्रहरीको सहयोगमा गत बिहीबार पोख्रेललाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *