देश विदेश

साउदी स्थित नेपाली दूतावासद्दारा भौतिक रुपमा दिइने सेवा तीन दिन स्थगित | देश परदेश

शेयर गर्नुहोस्

साउदी अरव स्थित नेपाली दूतावासले दूतावासमा भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवा तीन दिनका लागि स्थगित गरेको छ । दूतावासले एक विज्ञप्ती जारी गर्दै साउदी सरकारबाट जारी गरिएको स्वास्थ्य सम्वन्धी निर्देशिका तथा मापदण्डहरुको पालना गर्दा गर्दैपनि एकजना कर्मचारीमा कोभिड १९ को संक्रमण भएको कारणले सेवाग्राहीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै सेवा थप केहि दिन रोक्नु परेको जनाएको छ ।

साउदी अरव स्थित नेपाली दूतावासले यस अगाडी दूतावासले प्रदान गर्दै आएका सेवा मध्ये राहदानी नविकरण, मागपत्र प्रमाणीकरण, कागजात जारी आदि सेवा मे ४ देखि ६ तारिखसम्म बन्द गरिएकोमा थप तीन दिन स्थगन गरिएको जनाइएको छ । दूतावासका अनुसार यसबीचमा राजदूतावासमा कामगर्ने थप कर्मचारीमा पनि कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

दूतावासका अनुसार मे ९ तारिखसम्म ति सेवा सुचारु हुने छैनन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/05/12036/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *