देश विदेश

भूकम्पले लम्जुङमा सात वटा घर भत्किए, तीनजना घाइते (फोटोहरु सहित )

शेयर गर्नुहोस्

१९ मे २०२१ / पोखरा

आज एकाबिहानै भूकम्प जाँदा लम्जुङमा सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन् । प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम खुलेको छैन ।

लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए ।

लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । त्यही भूकम्पमा परेर केन्द्रबीन्दु आसपासका केही घरमा क्षति पुगेको लम्जुङ प्रहरीले बताएको छ ।

भूकम्पको धक्का लम्जुङसहित आसपासका मनाङ, गोरखा, तनहुँ, कास्कीसम्म पुगेको थियो । बिहानैको समयमा भूकम्प गएकोले सर्वसाधारण भागाभाग गरेका थिए ।

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *