देश विदेश

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार

शेयर गर्नुहोस्

काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न आगामी बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले १४औँ महाधिवेशनको पूर्वतयारीका विषयमा निर्णयहरू गर्नेछ । कांग्रेसले यसअघि भदौ ७ देखि १० गतेसम्मका लागि तोकेको महाधिवेशनको मिति भदौ १६ देखि १९ सम्मका लागि सार्ने भएको छ ।

 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/06/259065/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *