प्रवास

अमेरिकामा नेपालीबाट नेपालीकै हत्या, फोनमा भने – ‘मैले एकजनालाई गोली हानें । मर्यो कि ज्यूदै छ थाहा भएन ।’

शेयर गर्नुहोस्

१४ जुलाई २०२१/न्यु जर्सी  

अमेरिकाको न्युजर्सीको ग्यास स्टेशनमा नेपालीबाट नेपालीकै हत्या भएको छ । २४ बर्षका मिलन घिमिरेले ग्यास स्टेशनमा काम गर्ने सहकर्मी ५६ बर्षका फु छेवाङको गोली हानी हत्या गरेका छन् ।

न्युजर्सीको मवाहमा सोमबार राती पौने १० बजे गोली चलाएर हत्या गरिएको थियो । सोमबार राती घटनापछि ९११ मा फोन आएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

घटना ग्यास स्टेशनमा नभई घरमा नै भएको प्रहरीले जनाएको छ । घिमिरे आफैले घटनापछि प्रहरीलाई फोन गरेका थिए । उनले फोनमा भनेका थिए – ‘मैले एकजनालाई गोली हानें । मर्यो कि ज्यूदै छ थाहा भएन ।’

घटनास्थलमा प्रहरी पुग्दा छेवाङ मृत अवस्थामा भेटिएका थिए भने हत्यारा फरार रहेकाले त्यसपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

घटनास्थलबाट घिमिरे मिसिसिपीको लाइसेन्स प्लेट भएको कालो क्राइस्लर गाडीमा भागेका थिए । घिमिरे र छेवाङ रुममेट समेत रहेको जनाइएको छ ।

छेवाङका शरीरमा कैयन पटक गोली चलाइएको भेटिएको थियो ।

न्युयोर्क प्रहरीले गोली चलाउने मिलन घिमिरेलाई न्युयोर्कको ब्रोंक्सबाट पक्राउ गरेको छ । प्रहरीले घटनाको २४ घण्टापछि नबित्दै गोली चलाउने घिमिरेलाई पक्राउ गरेको हो ।

छेवाङ मनाङ घर भई हाल न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका थिए ।

घिमिरेलाई पहिलो डिग्री हत्या, हतियार राखेको र प्रमाणहरु लुकाउन खोजेको लगायतका अभियोग लगाइएको छ । अनुसन्धानका क्रममा घिमिरेले छेवाङलाई गोली हानेर हत्या गरेको खुलेको अभियोजन कर्ताहरुले जनाएका छन् ।

घटनापछि बर्गन काउन्टीका अभियोजनकर्ताहरुले अनुसन्धान सुरु गरेका थिए । घिमिरे सन् १९९८ को फेबु्रअरीमा ५ मा जन्मिएका र अविवाहित भएको प्रहरीले जनाएको छ ।

अमेरिकामा गोलीकाण्डका घटनामा बर्षेनी कैयन नेपालीहरुले ज्यान गुमाउँदै आएका छन् ।

तर नेपालीबाटै नेपालीको गोली हानेर हत्या गरेको घटना अत्यन्तै दुर्लभ घटना हो ।

गोली हानी मारिएका फुर्छाङ छेवाङको आज  अन्त्येष्टी गरि सकिएको  छ ।

यो पनि पढ्नुहोस् : जालसाँझीको आरोपमा एक नेपालीलाई अमेरिकामा सजाय, दुईलाख ३० हजार डलर जरिवाना

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।