कोरोनासाइप्रस न्युज

कोरोनाका कारण बुधबार ३ को मृत्यु, ५२०२ जनामा कोरोना पुष्टी

शेयर गर्नुहोस्

५ जनवरी २०२२/ पारालिम्नी

साइप्रसको स्वास्थ्य मन्त्रालयले आज ३ जनाको मृत्यु भएको जानकारी दिदै ५,२०२ मा कोरोना संक्रमण भएको पुष्टी गरेको छ। बुधबार देश भरि गरिएको एक लाख तिस हजार छयहत्तर जनाको र्यापिड र पिसिआर टेस्ट गरिएको थियो।

कोरोना संक्रमण भए देखि यता आज सम्म ६४६ जनाको मृत्यु भै सकेको छ जसमा ४११ जना पुरुष र २३८ जना महिला रहेका छन्।

मन्त्रालयका अनुसार २०५ जना हस्पिटलमा भर्ना भै उपचार गराई रहेका छन् जसमध्य ७० को अवस्था गम्भिर रहेको छ।

हाल सम एक लाख अठासी हजार तिन सय असि जना मा कोरोना पोजेटिभ भैसकेको छ।

२ एयरपोर्ट बाट लिएको नमुना बाट १०८ जना, ब्यातिगत टेस्ट गराउने ९५१० बाट ९७० जना, फार्मेसीले  गरेको ७५ हजार टेस्ट बाट २६३४ मा  कोरोना पोजेटिभ पाइएको थियो।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “कोरोनाका कारण बुधबार ३ को मृत्यु, ५२०२ जनामा कोरोना पुष्टी

Comments are closed.