कोरोना त्रास: साइप्रस आउनेलाई एयरपोर्ट मै अनिवार्य PCR टेस्ट
२ डिसेम्बर २०२१/ लिमासोल
साइप्रस प्रवेश गर्दा सम्पुर्ण यात्रुले अब अनिवार्य पिसिआर टेस्ट गर्नु पर्ने भएको छ। मंत्रीपरिसदको आज बसेको बैठकले विभिन्न निर्णय गर्दै जनजीवन सामान्य राख्न आवश्यक कदम चालेको स्वास्थ्य मंत्री मिखालिस हाड्जिपन्तेलास ले बताए।
बिहिबार बसेको मंत्रीपरिसद बैठक को निर्णय सार्वजनिक गर्दै अब जमिनि, हवाई र जल माध्यम बाट साइप्रस प्रवेश गर्दा एयरपोर्ट, ‘सी-पोर्ट’ र बोर्डर मा यात्रुले आफ्नो खर्चमा अनिवार्य पिसिआर टेस्ट गर्नु पर्ने बताइएको छ।
पिसिआर टेस्ट गरेर फ्लाइट गरेका यात्रु, भ्याक्सिन लगाएका यात्रु वा जुन सुकै देशको पासपोर्ट भएका यात्रुले यो टेस्ट अनिवार्य गर्नै पर्ने बताइएको छ।
सी पोर्ट बाट छोटो समय को लागि साइप्रस आउने यात्रुले भने ७२ अघि को पिसिआर नेगेटिभ टेस्ट रिपोर्ट देखाएर पोर्टमा निशुल्क र्यापिड टेस्ट गर्न पाउने बताइएको छ।
युरोप भरि कोरोना को संक्रमण बढि रहेका बेला कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण भित्रिन सक्ने खतरालाई मध्य नजर राख्दै सो नियम सार्वजनिक गरिएको हो। डिसम्बर ६ तारिख सोमबार देखि डिसेम्बर अन्तिम सम्म यो नियम कायम रहनेछ।
साथै, मल भित्र र बाहिर आयोजना हुने क्रिसमस लगायतका सम्पूर्ण किसिमका कार्यक्रमहरु सोमबार देखि जनवरी १० सम्म स्थागित गर्न निर्देशन दिएइको छ। तर नगरपालिका, समुदाय र धार्मिक संस्थानले गर्ने जुन सुकै कार्यक्रमहरु भने बन्द नहुने बताइएको छ यदपि स्वास्थ्य मापदण्ड पालना गराउने सम्पुर्ण जिम्मा स्थानिय प्रशासनको हुनेछ।
स्वास्थ्य मापदण्ड पालना गरेको नपाइएमा ति कार्यक्रमहरु स्थगित गराइने मंत्री हाड्जिपन्तेलास ले बताए। स्कुल बाट हुने र व्याक्तिगत रुपमा हुने शैक्षिक भ्रमणहरु पनि यस अघि को घोसणामा क्यान्सिल गरिएको स्मरण गराए।
मंत्रीपरिसद बैठक को निर्णय अनुसार दैनिक अत्यावास्क सेवा बाहेकका सम्पुर्ण कम्पनी तथा संस्थाले २० % स्टाफलाई वर्क फ्रम होम गराउन भनिएको छ।
बिदामा रहेका, कोभिड पोजेटिभ पाइएका वा कोरोना संक्रमितको सम्पर्क मा आएका लाई मात्र वर्क फ्रम होम गराउन भनिएको हो ।
यता, बितेको दश दिन मा कोरोना को खोप लगाउने संख्यामा वृद्धि भएको छ। गत १० दिन मा दश हजार भन्दा बढि ले कोभिड विरुद्दको खोप लगाएका छन्।
ओमिक्रोन भेटियन्ट हाल सम्म साइप्रसमा फेला परेको छैन तर विश्वका विभिन्न देश मा फेला परि सकेको छ
कोरोनाभाइरसको नयाँ ओमिक्रोन भेरिएन्ट भारतसम्म आइपुगेको छ । यससँगै अहिलेसम्म यो भेरिएन्ट २९ देशमा पुष्टि भएको छ । भारतमा यो भेरिएन्ट २ जना बिरामीमा भेटिएको हो । यी दुवै बिरामीहरु कर्नाटकका हुन् । भारत सरकारको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो ।
विश्व स्वास्थ्य संगठनको हवाला दिँदै स्वास्थ्य मन्त्रालयले कोरोनाको ओमिक्रेन भेरिएन्ट डेल्ट भेरिएन्टभन्दा ५ गुणा खतरनाक भएको र अरु भेरिएन्टभन्दा तीब्र रुपमा फैलिने बताएको छ ।
अहिलेसम्म २९ देशमा यो भेरिएन्टबाट संक्रमित बिरामीको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई भेरिएन्ट अफ कन्सर्न भनेको छ । सबैभन्दा पहिले यो भेरिएन्टको पहिचान दक्षिण अफ्रिकामा गरिएको थियो ।