देश विदेश

अप्राकृतिक मैथुनपछि भिनाजुले गरे ५ वर्षीय सालोको ह’त्या

शेयर गर्नुहोस्

धनुषामा भिनाजुले सालोलाई अप्राकृतिक मैथुनपछि ह’त्या गरेको घटना सार्वजनिक भएको छ। धनुषाधाम नगरपालिका–७  किसानपुरका ५ वर्षीय बालक रुपेश सदालाई अप्राकृतिक करणीपछि भिनाजु नातापर्ने सबैला नगरपालिका–७ मठिहनका २२ वर्षीय रामबहादुरले ह’त्या गरेको प्रहरीले जनाएको छ।

सालो नाता पर्ने बालकलाई अप्राकृतिक करणी गर्ने रामबहादुरलाई पक्राउ गरी कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। बिहीबार दिउँसो देखि गायव भएका बालकको शव शुक्रबार दिउँसो किशानपुर स्थित कृषि ईट्टा उद्योगको परिसरभित्र रहेको खाल्डोको डिलमा झारपातले छोपिएको अवस्थामा फेला परेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भिनाजुले करणीपछि ह’त्या गरेको खुलेको डिएसपी मिश्रले बताए। रामबहादुरले बालकलाई विस्कुट, चकलेटको लोभ देखाएर माछा मार्न इँटा उद्योगतर्फ लगेर  अप्राकृतिक करणी गरेको प्रहरीसँग बयान गरेका छन्। सोही क्रममा बालक बेहोस भएपछि आफूले बालकले लगाएको कन्दनी खोलेर उनको घाँटी कसेर ह’त्या गरेको रामबहादुरले प्रहरीसमक्ष बयान दिएको मिश्रले बताए।पक्राउ परेका रामबहादुरलाई अप्राकृतिक मैथुन करणीको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको मिश्रले बताए।

श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *