साइप्रस न्युज

साईप्रसबाट आपतकालिन विवरण दर्ता गराउनेहरुको संख्या २७४२ मात्रै , फेरि छुटेकाहरुबाट विवरण दर्ता गर्न आग्रह

शेयर गर्नुहोस्

युरोप साईप्रस २५ अप्रिल २०२०
साईप्रसमा रहेका नेपालीहरुका लागि खुलाईएको अपतकालिन दर्ता विवरणमा अहिले सम्म दुई हजार ७ सय ४२ जनाले आफनो नाम दर्ता गराएको नेपाली राजदुतावास ईजरायलले जनाएको छ ।
दुतावासका प्रवक्ता एवमं उप नियोक प्रमुख अर्जुन घिमिरेका अनुसार साईप्रसमा नेपालीहरुको संख्या १२ हजार भन्दा बढि भएको खबर पाएपछि दर्ताका लागि अह्वान गरे पश्चाप्त यत्ति थोरै संख्यामा यहा रहेका नेपालीहरुले आफनो विवरण दर्ता गराउनु भनेको अत्यन्त न्युन भएको बताएका छन ।
घिमिरेका अनुसार साईप्रसमा नेपालीहरु यस विश्व ब्यापी महामारी कोरोना भाईरसबाट सबै भन्दा बढि प्रभावित नेपाली विद्यार्थीका साथै घरेलु कामदारहरु समेत रहेकोले यस विषयमा राजदुतावास अत्यन्त गम्भिर पुर्बक काम गरिरहेका जानकारी दिनुभयो ।
उहाले साईप्रसमा खास गरि पछिल्लो समय नेपाल जान चाहनेहरुको माग बढेकोले दुतावासले नेपाल फर्कन चाहनेहरुको लागि नाम दर्ता फारम खुलाएमा अहिले सम्म ३३७ जनाले मात्रै आफनो विवरण उपलब्ध गराएको जानकारी दिए ।
यो दुतावासले अह्वान गरेको आपतकालिन दर्ता प्रक्रियामा साईप्रसमा रहेका सबै नेपालीहरुले भरेमा मात्र नेपालीहरुको जम्मा संख्या थाहा हुने भएकाले फेरि पनि आपतकालिनका लागि खुलाईएका अनलाईन फारम भर्न सबैलाई आग्रह गरेको छ ।
प्रवक्ता घिमिरेका अनुसार साईप्रसमा अहिले यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरु मिलेर नेपाली समुदायका विद्यार्थी एवमं अत्यन्त कमजोर आर्थिक स्थिति रहेकाहरुलाई राहत वितरण गरिहेको कार्य अत्यन्त सरहनिय रहेको बताउदै राजदुतावासले साईप्रस सरकारलाई त्यहा रहेका विद्यार्थीहरुको समास्या ,कामदार , लगाएत सम्पुर्ण नेपालीहरुको अवस्थाका बारेमा बारम्बार चिठि लेखेर अवगत गराईरहेको बताए ।
यसका साथै साईप्रस सरकारले लकडाउन बढाएको खबर पाएसगै अब दुतावासले साईप्रस सरकारलाई पत्र लेखि त्यहा रहेका विभिन्न अन्र्तराष्टिय सघंसस्था एवमं नेपाली समाजिक सघंसस्थाहरु मार्फत नेपाली समुदायलाई राहत दिलाउनका लागि पहल गरिने बताए । साईप्रसमा अहिलेको समास्या भनेको विद्यार्थीहरुको घर भाडा छुट , कलेज , विश्वविद्यालयको शुल्क र काम नपाउने रहेको छ ।
यहा रहेका संघंसस्थाहरुले अबको कार्य योजना राहत वितरण भन्दा पनि समास्यामा परेकाहरुलाई कसरी उद्दार गरेर नेपाल फर्काउने बाताबरण मिलाउने कुरामा ध्यान दिन जरुरी रहेका तर्क छ पत्रकार समिम मियाको ।

मियाका अनुसार नया आएका विद्यार्थीहरु या भिषा नलगेको र कलेज शुल्क बुझाई सकेकाहरुको पैसा फिर्ता गर्ने सम्बन्धमा नेपाली राजदुतावासले पहल गर्नु पर्ने बताए ।

नेपाल फर्कन चाहनेहरुको हकमा भने जसको ईमिग्रेशन भएको छैन उनिहरुले कलेज वा विश्वविद्यालयमा तिरेको पैसा फिर्ता गराउन अब दुतावास लाग्नु पर्ने मियाको तर्क छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *