प्रवास

टुर्कीबाट २३ जना नेपाली आज शनिवार स्वदेश फर्किए

शेयर गर्नुहोस्

युरोप , कोरोना भाईरसबाट प्रभावित प्रवासी नेपालीहरुलाई घरफिर्ति अन्र्तगत २३ जना नेपालीहरु स्वदेश फर्किएका छन । जुलाई ११ तारिखका दिन यहा रहेका केही सक्रिय नेपालीहरुको अगुवाईमा ५ जना महिला र १८ जना पुरुष यसमध्ये २ जना विरामीहरुलाई लिएर टर्किस् विमानले उडान गरिएको हो ।
६५७ डलर यानिकी ८१००० हजारमा टिकेट किनेर नेपालीहरु स्वदेश फर्किएका हुन ।

स्वदेश फर्किएकाहरुको कोरोना भाईरस पिसिआर परिक्षणको ब्यवस्था डा. विनोद शाहले मिलाएका थिए भने टर्कीबाट नेपालीहरुलाई उद्दार गर्नका लागि टर्कीस नेपाली समाजका अध्यक्ष उज्जवल कुमार घिसिगं , वामन भोटे लगाएका समाजसेबीहरु निरन्तर लागेका थिए ।

टर्किसमा लगभग ७ हजार नेपालीहरु बसोबास गर्छन जस मधये ५० प्रतिशत गैरकानुनी रुपमा बसोबास गर्छन भने बाकी नेपालीहरु लिगल भएपनि लकडाउनले गर्दा काम नपाएर भौतारिएको नाम नबताउने सर्तमा एक नेपालीले जानकारी दिए ।

टर्कीमा अहिले सम्म बैधानिक रुपमा कुनै पनि नेपाली समुदायका समाजिक सघंसस्थाहरु छैनन् । कुनै पनि नेपालीहरुलाई केही समास्या पर्यो भने केही सुनुवाई गर्दैन कन्सुलेट नामको मात्रै छ बाकी यहा रहेका नेपालीहरु प्रायः धेरै समास्यामा रहेको राम कार्की नाम परिवर्तनले जानकारी दिनु भयो ।

उहाका अनुसार आफुहरु पटक पटक नेपाल सरकारको सबै निकायमा यो देशमा रहेको समास्याका बारेमा अवगत गराएपनि कुनै सुनुवाई नगरेको अरोप लगाए । कार्कीका अनुसार यहा रहेका नेपालीहरुलाई खान बस्न धेरै समास्या रहेको बताउदै नेपाल सरकारले कि त बैधानिक रुपमै कन्सुलेट वा अन्य कुनै सरकारी निकाय टर्कीमा पठाउनु पर्ने कि त यहा आउने नेपालीहरुलाई बन्द गर्नु पर्ने माग गरे ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *