यस्तो छ सम्झनाका हत्या आरोपी राजेन्द्रको बयान

शेयर गर्नुहोस्
खिकाला गाउँदेखि १०  मिनेट टाढा गाड नजिक राजेन्द्र बोहोराको भैसी गोठ छ। त्यहि बाटो भएर सम्झना कामी संधै आफ्नो गोठ र घर हिँड्ने गर्थिन्। । सम्झनाको चियो गदै राजेन्द्र कहिले गोठ त कहिले गाडमा रहेको मौका छोपी बस्ने गर्थे।

बुधबार दिउँसो  ४ बजे अर्थात ७ गतेका दिन सँधै झै  आफ्नो घट्टको पिठो र गोठको भैंसी बाँध्ने निहुमा हिँडेका राजेन्द्र सम्झनाको बाटो कुरे बसेका रहेछन्। उनले सम्झना आएको टाढैबाट देखे र गाडबाट पिछा गर्दै उनको पछि हिँडे। उनी आएको चाल नपाएकी सम्झनालाई उनले मुसा खोलामा समातेर मुख थुन्दै जंगलले ढाकेको सीम देवताको  मन्दिर भित्र लगे। सम्झनाले यौन सम्बन्ध राख्न र कानमा लगाएको सुनको मुन्द्रा दिन नमाने पछि राजेन्द्रले जर्बजस्ती करणी गर्दै कुटपिट गरे। राजेन्द्र यतिमा मात्र सिमित भएनन् घटनाको पोल खुल्ला भन्ने डरले मन्दिरमा रहेको त्रिशुलले उनलाई घोचे। त्रिशुलले खोज्दा पनि उनको मृत्यु नभएपछि सम्झनाको टाउको र छातिमा ढुङ्गाले हानेको बयान राजनेन्द्रले प्रहरीमा दिएका छन्।

यो पनि पढ्नुहोस्: तपाई को पिङ्क कार्ड आएको छैन ?

घटनाको अनुसन्धामा सहभागि एक प्रहरी अधिकारीका अनुसार राजेन्द्रले सम्झनाको हत्यामा प्रयोग गरेको त्रिशुल मन्दिर बाहिर  ३ मिटर  टाढा रहेको सल्लाको रुपमा रोप्दै खोलामा पुगेर शरिरमा लागेको रगत सफा गरेको बयान दिएका छन्। उनले जंगलमा ओखर खोज्न गएको बहाना बनाएको र खोजेको ओखर मेलखेतमा  प्याँकेका थिए। बाटोमा पर्ने वालिभिण भन्ने ठाउँमा रहेको एक गोठको छतमा राखेको ढुंगामा सम्झना शिबम भनेरसमेत लेखेको बयानका क्रममा उल्लेख गरेका छन्। उनले त्यसपछि बाटोमा भेटिएका एक जनासँग बिडी मागेरसमेत खाएका थिए। त्यसपछि गोठमा भैसी बाँधेर घट्टबाट पिठो लिएर र्नी घर पुगेको बयान दिएका छन्।

घटनाको थप प्रमाण जुटाउँदै राजेन्द्रलाई अदालतमा बुझाउने तयारी भएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।सम्झनाका बाबु विकास कामीले छोरीका हत्यारालाई हदैसम्मको कारबाहीको माग राखेका छन्। सम्झना हत्याको पीडाले गर्दा खिकाला गाउँ शोक मग्न भएको छ।

श्रोत: नागरिक

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *