देश विदेश

चुनावका लागि सूर्य चिह्न हामीसँग छ : माधव नेपाल

शेयर गर्नुहोस्

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु नै रहेको दाबी गर्दै सूर्य चिह्न आफूहरुले नै पाउने दाबी गरेका छन् ।  आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘चुनाव चिह्न सूर्य हामीसँग छ । निर्वाचन आयोगलाई शंका छ भने ४४१ केन्द्रीय सदस्यलाई एकएक हेरेर निर्णय गर्नुपर्छ ।’  

आयोगमा आफू पहिलो नम्बरको अध्यक्ष भनेर प्रधानमन्त्रीले गरेको दाबीको खण्डन गर्दै उनले थपे, ‘केपी ओलीले पहिलो अध्यक्ष हुँ भनेर धम्काएछन् । पहिलो अध्यक्ष भनेर कहाँबाट थाहा पाउने ? पार्टीको विधानबाट थाहा पाउने ?  विधानमा पहिलो नम्बरको अध्यक्ष भनेर लेखिएको छैन । सर्कुलरमा लेखिएको छैन र निर्णयमा पनि छैन । कसरी पहिलो नम्बरको अध्यक्ष ?’

प्रकाशित: २८ माघ २०७७ १९:३८ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *