देश विदेश

बंगलादेशविरुद्धको टेस्ट सिरिज वेस्ट इन्डिजलाई

शेयर गर्नुहोस्

काठमाडौं । बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिज वेस्ट इन्डिजले जितेको छ । ढाकामा आइतबार भएको दोस्रो टेस्टमा बंगलादेशलाई १७ रनले पराजित गर्दै वेस्ट इन्डिजले सिरिज जितेको हो । बंगलादेश भ्रमणमा रहेको वेस्ट इन्डिजले पहिलो टेस्टमा ३ विकेटको जित निकालेको थियो ।

वेस्ट इन्डिजले दिएको ३ सय ३१ रनको लक्ष्यसहित ब्याटिङ थालेको बंगलादेश दोस्रो इनिङ्समा २ सय १३ रन जोड्दा अलआउट भयो ।

बंगलादेशका लागि तमिम इकबालले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मेहदी हसन मिराजले ३१ रन जोड्दा कप्तान मोमिनुल हकले २६ रन बनाए । वेस्ट इन्डिजका राकिम कोर्नवालले ४ विकेट लिए ।

यस अघि वेस्ट इन्डिज दोस्रो इनिङ्समा १ सय १७ रन जोड्दा अलआउट भएपछि बंगलादेशले मध्यम लक्ष्य पाएको थियो ।

दोस्रो इनिङ्समा वेस्ट इन्डिजका एनकुर्माह बोनरले सर्वाधिक ३८ रन बनाए । यस्तै जोसुवा डा सिल्भाले २० रन जोड्दा जोन क्याम्पबेलले १८ रन बनाए । बंगलादेशका ताइजुल इस्लामले ४ तथा नियम हसनले ३ विकेट लिए ।

पहिलो इनिङ्समा वेस्ट इन्डिजले ४ सय ९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि जोसुवा डा सिल्भाले ९२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एनकुर्माह बोनरले ९० रन जोडे ।

यस्तै अल्जारी जोसेपले ८२ रन जोड्दा कप्तान क्रेग ब्रेथवेट ४७ रन तथा जोन क्याम्पबेलले ३६ रन बनाए । जेर्मेन ब्लाकउड २८ रनमा आउट भए । बंगलादेशका अबु जायद र ताइजुल इस्लामले ४/४ विकेट लिएका छन् ।

बंगलादेशले भने पहिलो इनिङ्समा २ सय ९६ रन बनाएको थियो । बंगलादेशका लिटोन दासले सर्वाधिक ७१ रन बनाए । यस्तै मेहदी हसन मिराजले ५७ रन जोड्दा मुस्फिकर रहमानले ५४ रन जोडे । तमिम इकबालले ४४ रन बनाए । वेस्ट इन्डिजका राकिम कोर्नवालले ५ विकेट लिए । शानोन ग्राबियलले ३ विकेट लिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *