रुसी प्रहरीको सूचनामा लागुऔषध तस्कर पुल्चोकबाट पक्राउ, नेपालको झण्डामा लागुऔषधको तस्करी
काठमाडौं। नेपालको राष्ट्रिय झण्डामा राखेर लागुऔषध तस्करी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले १२ वर्षअघि राष्ट्रिय झण्डामा लागुहौषध राखेर रुस तस्करी गरेको आरोपमा स्याङ्जाका टेकबहादुर राउतलाई पक्राउ गरेको हो।
उनी १२ वर्षदेखि फरार रहेका थिए। रुसी प्रहरीको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो। व्यूरोको टोलीले उनलाई ललितपुरको पुल्चोकबाट नियन्त्रणमा लिइएको हो। रुसी लागुऔषध कारोबारी पक्राउ परेपछि राउतको प्रहरीले खोजी गरिरहेको थियो। राउतसँगै मिलेर कारोबार गर्ने रुसी नागरिकले दिएको सूचनाका आधारमा नै प्रहरी राउतलाई पक्राउ गर्न सफल भएको हो।
लागुऔषध मुद्दामा पक्राउ परेर छुटेलगत्तै राउतले विमानस्थलबाट नेपालको झण्डामा बेरेर लागुऔषध रुस लैजाने गरेको पाएपछि प्रहरीमा जाहेरी परेको थियो। प्रहरीमा जाहेरी परेपछि राउत फरार थिए। प्रहरीको आँखा छलेर उनी बेलामौका काठमाडौं आउने जाने गरेका भए पनि अहिलेसम्म पक्राउ परेका थिएनन्।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल