देश विदेश

कट्टर मुस्लिम देश साउदी अरेबियामा महिलाको पक्षमा क्रान्तिकारी निर्णय

शेयर गर्नुहोस्

काठमाडौं। महिलालाई पर्दापछाडि लुकाएर राख्ने कट्टर मुस्लिम संस्कार भएको देश साउदी अरेबियाले महिलाको पक्षमा क्रान्तिकारी निर्णय गरेको छ । यससँगै अब साउदीमा महिलाहरु सेनामा भर्ना हुन पाउने भएका छन् । रक्षा मन्त्रालयले करिब २ वर्षसम्म चलेको विचार विमर्शपछि यो प्रस्तावलाई अन्तिम स्वीकृति दिएको छ । सुरुवातमा ४ पदको लागि आवेदन स्वीकृत गरिएको छ । तत्कालको लागि यी महिला सैनिकलाई केवल सहरमा तैनाथ गरिनेछ ।

अरब न्यूजको एक रिपोर्टअनुसार रक्षा मन्त्रालयले एक एकीकृत भर्ती पोर्टल आइतबार सुरु गरेको छ । यसमा पहिलो पटक पुरुषका साथमा महिलाको आवेदन पनि स्वीकृत गरिनेछ । अहिलेलाई सैनिकको सार्जेन्ट अन्तर्गतका ४ पदमा महिलाहरुले आवेदन दिन सक्नेछन् । महिलाहरुले रोयल साउदी अरेबियन आर्मी, रोयल साउदी एयर फोर्स, रोयल साउदी नेवी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र रोयल आरम्ड फोर्स मेडिकल सर्भिसका लागि आवेदन दिन सक्नेछन् ।

सेनामा महिलाको भर्तीको लागि केही नियम बनाइएका छन् । आपराधिक रेकर्ड भएका वा मेडिकल रुपमा फिट नभएका महिलाले आवेदन दिन सक्ने छैन । आवेदन दिने महिलाको उमेर २१ वर्षदेखि ४१ वर्षको बीचमा हुनुपर्नेछ । उचाइ १ सय ५५ सेन्टिमिटर हुनुपर्नेछ । पहिलेदेखि नै कुनै सरकारी पदमा तैनाथ महिलाले आवेदन दिन पाउने छैनन् । कम्तीमा हाइस्कुलको डिग्री न्यूनतम शैक्षिक योग्यता हुनेछ । विदेशी नागरिकसँग बिहे गरेका महिलाले आवेदन दिन पाउने छैनन् ।

अरब न्यूजसँगको कुराकानीमा कैयौं महिलाले राजकुमार सलमान र सेनाको यो कदमको प्रशंशा गरेका छन् । अपरेटिङ सिस्टम विशेषज्ञ हलाह अल यानबावीले भनिन् ‘३० वर्षदेखि यो मुद्दामा विचार र बहस चलिरहेको थियो । तर, आज राजकुमार सलकानले तस्वीर बदलिदिनुभएको छ । सरकारी जागिर होस् वा सेना अब सबै ठाउँमा महिलाले काम गर्न सक्नेछन् ।’ उनले यो फैसला क्रान्तिकारी भएको बताइन् । साउदीमा यसअघि २०१८ मा महिलाहरुलाई गाडी चलाउन अनुमति दिइएको छ । महिलाहरु स्टेडियममा फुटबल म्याच हेर्न सक्छन् र थिएटर पनि जान सक्छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/229241/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *