देश विदेश

लिबियाका गृहमन्त्रीको हत्या प्रयास

शेयर गर्नुहोस्

त्रिपोली । लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास भएको छ । राजधानी त्रिपोलीको पश्चिममा जन्जुर जिल्लामा रहेको आफ्नो निवासबाट मन्त्रालयतर्फ आउँदै गर्दा गृहमन्त्री फाथीमाथि अज्ञात बन्धुकधारीले गोली चलाएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्रीको सवारीलाई लक्षित गरी टोयोटा गाडीमा सवार व्यक्तिहरुले मेसिनगन प्रयोग गरेर आक्रमण गरेका थिए । मन्त्री बाशाघाका अंगरक्षकले प्रतिकारमा गोली चलाएका थिए जसबाट एक जना बन्दुधकारीको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना पक्राउ परेका थिए ।

सन् २०११ मा लिबियाका तत्कालीन नेता मोउमर गद्दाफीको शासन पतन भएयता लिबियामा असुरक्षा र अस्थिरता व्याप्त छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *