साइप्रस न्युज

कोरोना महामारीमा लिमासोलमा कार्निभल मनाइयो

शेयर गर्नुहोस्

१४ मार्च २०२०१/लिमासोल

लिमासोलमा कार्निभल पर्व  मनाइएको छ।  कोरोना महामारी का कारण हरेक वर्ष आयोजना हुदै आएको कार्निभल परेड यो पटक  स्थगित भए पछि परम्परा जारि राख्ने गरि कार परेड मात्र गरिएको थियो।

इन्टरनेट अनलाइन र टिभी मा प्रसारित भिडियोहरुमा लिमासोल मकारियु एभेन्यु रोड मा दिउसो १ बजे बाट कार्निभल पोसाक लगाएर स्थानियले कार परेड गरेको  देख्न सकिन्छ। कार संगै साइकल पनि परेडमा सामेल भएका थिए।

कोरोना भाइरस को संक्रमण लिमासोल मै धेरै दिखीरहेको बेला परेड हुदा संक्रमण अझै बढ्न सक्ने चिन्ता बढेको छ।  पछिल्लो तथ्यांक अनुसार लिमासोल मा धेरै संक्रमण भेटिनु को कारण लापरवाही र हेलाचाक्राई भएको स्थानिय मिडियाले जनाएका छन्।

मार्च २  मा ९० जना अस्पतालमा भर्ना भएका कोरोनाका बिरामी दस दिन को फरकमा  मार्च १२ सम्म आइपुग्दा दोब्बर भएको थियो।

 

भिडियो मा हेर्नुहोस :

अमर ढुंगानाको फेसबुक लाइभ बाट साभार

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *