देश विदेश

भैरहवामा सामुद्रिक अनुभूति सहितको वाटरपार्क

शेयर गर्नुहोस्

भैरहवा -जल क्षेत्रको माध्यमबाट पर्यटन क्षेत्रको बिकासका लागि रुपन्देहीको भैरहवामा वाटर पार्क सञ्चालनमा आउन लागेको छ। ५ जना युवा उद्यमीहरुको लगानीमा नेपालमै नभएको समुद्र्रको अनुभुति दिलाउन वाटर फनपार्क सहितको लुम्बिनी अम्युजमेन्ट पार्क एण्ड रिर्सोट प्रालि सञ्चालनमा आउन लागेको हो।

सिद्धार्थनगर नगरपालिका –१ डण्डापुल सँगै रहेको पार्क वाटरपार्क बैशाख १५ गतेदेखी सञ्चालनमा आउन लागेको पत्रकार सम्मेलन मार्फत प्रालिले जानकारी दिएको छ।

४५ करोडको लगानीमा, साढे ६ विघा क्षेत्रफलमा वाटर पार्क, बैकेंट हल, रेष्टुरेन्ट, कन्फ्रेन्स हल तथा रिसोर्टका साथै अन्य मनोरञ्जनात्मक सेवा प्रदान गरिने प्रालिका संचालक निरज वरालले बताए। ‘सिद्धार्थनगर पर्यटकीय गेट नजिकै संचालनका लागि तयार भएको पार्क त्यहा रहेको प्रदुषण, अव्यवस्थित सिसाको डम्पीङ र फोहोले संचालनमा ल्याउन सकेका छैनौ ।’ उनले भने ‘सरोकारवाला निकायले केही समयमा सो समस्या समाधान गर्ने भएकोले वैशाखको दोस्रो साताबाट संचालनमा ल्याउँछौं।’

अमेरिकन टेक्नोलोजीबाट निर्मित वाटर फनपार्कमा बालबालिकादेखि वयष्क सम्मका ३ हजार ५ सय बढिले एकै साथ मनोरञ्जन लिन सक्ने बरालले बताए । उमेर समूह अनुसारको सलाइडहरु राखेको उनको भनाइ छ। ‘परिवारिक सलाइडमा १० फीट र २० फीट उचाईका ३ वटा सलाइडहरु टनेल सलाइड, ३ लेन सलाइडर रिभोल्भिङ सलाइडहरु रहेका छन्।’ संचालक बरालले भने।

यस क्षेत्रकै अग्लो ४० फिटको टावरबाट २ वटा सलाइडीङ र पार्कको अवलोकन,  ३० फीटबाट ४ वटा मल्टीलेन सलाइड रेन डान्स, क्रेजी रिभर, एक्वा प्ले, बेबी स्लाडिङ, मसरुम स्प्रे, अम्ब्रेला सावर, लगायतका मल्टी वाटर खेलका मनोरञ्जनात्मक उपकरण जडान गरिएको अर्का संचालक कमल भुसालले जानकारी दिए।

युवाहरुका लागि साहसिक सलाइड अन्तर्गत २५ फीट उचाईबाट यस क्षेत्रमा अहिले सम्मकै लामो तिव्र गति २ सय फीटको स्पीड सलाइड पनि जडान गरिरहेको सञ्चालक पुष्पराज पौडेलले जानकारी दिए।  अबको १० पदन भित्र त्यो पनि संचालनमा आउछ भने सेल्फिका लागि सबै उमेर समूहलाई सुहाउने १७–१८ वटा प्वाइन्ट बनाएको उनले बताए।

प्राय सबै फनपार्कहरुमा स्वीमिङ कस्टमहरुको मात्र स्टोर भएपनि वाटरपार्कमा नेपालको सस्ंकृति झल्किने हस्तकला, पेन्टिङ तथा घरेलु उद्योगबाट उत्पादित कस्तकलाका सामानको  साविनियर सप, नया टेक्नोलोजी डिजीटल अर्डर मार्फत फुडकोर्टको पनि सुविधा दिने प्रालिको भनाइ छ।

यसका साथै फारकिलो पाकिङ, प्रतिक्षलय, पार्क, चेन्जिङ रुम तथा लकरको व्यवस्था पनि गरिएको संचालक लोकनाथ भण्डारीले बताए । ‘३५ जनालाई प्रत्यक्ष रोजगारी दिएका छौं। दुबईबाट तालिमप्राप्त लाइफ गार्डको नेतृत्वमा  १७ जना लाइफ गार्ड पनि राखेका छौ।’ उनले भने ‘सबै स्लाइड फाइबर ग्लास र अत्यन्तै बलियो फलामबाट बनेकाले सुरक्षित रहेको छ।’

पानीलाई पूर्ण रूपमा सुरक्षित बनाउन र सत प्रतिशत स्वास्थ सुरक्षालाई ध्यानमा राख्दै अत्याधुनिक वाटर फिल्टर सिस्टमबाट पानी प्रशोधन गरी वातानुकुलित बनाई पानीलाई पूर्ण रूपमा सुरक्षित बनाएर मात्र प्रयोगमा ल्याइने उनले बताए। दश हजार वर्गफिटमामा बहुउद्देश्य हल, विभिन्न परिकार सहितको रेष्टुरेन्टका लागि भवन निर्माणको क्रममा छ।

फनपार्क मनोरञ्जनका लागि एउटा नयाँ गन्तव्य र आकर्षण बनाउने गरी पूर्ण सुरक्षाका साथ दम्पती, पारिवारिक र समूहगतलाई मनोरञ्जन तथा सेवा प्रदान गर्ने लक्ष्य राखीएको छ। हाल सम्म ४५ करोड लगानी भएपनि सबै सेवाहरु सुचारु गर्न एक अर्ब बढि लगानी लाग्ने प्रालीले जनाएको छ ।

विभिन्न मुलुकबाट लुम्बिनी आउने पर्यटक, भारतको गारेखपुर सम्मको पर्यटकलाई तान्न सक्ने गरी निजी क्षेत्रको लगानीमा पर्यटकीय स्थलको रुपमा विकास गरीएको प्रालिले जनाएको छ । वाटर पार्क प्रवेश टिकटको विषयमा प्रालिले सबै प्याकेजको अनुभव लिने गरी दर कायम गर्ने जनाएको छ जस्मा बालबालिका र अन्य लक्षित समूहका लागि विशेष छुटको व्यवस्था दिने गरी तयारी अगाडि बढाएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *