साइप्रस न्युज

साइप्रसमा नेपालीले कोरोनाको खोप लगाउन के गर्नु पर्छ ?

शेयर गर्नुहोस्

समिम मियाँ

२८ अप्रिल २०२१/ लिमासोल

साइप्रस सरकारले कोभिड १९ विरुद्धको रास्ट्रिय खोप कार्यक्रम अन्तर्गत “गेसी ” जेनेरल हेल्थकेयर सिस्टम मा दर्ता नभएका ब्याक्तिले इच्छाएको खण्डमा  खोप लिन सक्ने व्यवस्था मिलाएको छ। कोभिड १९ भ्याक्सिन पोर्टल मा रजिस्टर नभएका ब्याक्तिले स्वास्थ्य मन्त्रालयको निम्न इमेल ठेगानामा रित पुर्वक भरेको डकुमेन्ट सहित परिचय खुल्ने कागजात पठाएर दर्ता गराई आफुलाई पायक पर्ने मिति, समय र खोप सेन्टर रोज्न सक्ने छ।

कोभिड पोर्टल मा दर्ता गर्न पिङ्क कार्ड, आइडी कार्ड, एलियन कार्ड वा पासपोर्ट साथै सम्भव भए मेडिकल कार्ड पनि राखेर स्वास्थ्य मन्त्रालयको इमेल  [email protected], वा हुलाक मार्फत  1 Prodromou and 17 Chilonos, 1449 Lefkosia यो ठेगानामा वा आफै उपस्थित भएर स्वास्थ्य मन्त्रालयको मेडिकल कार्ड डिपार्टमेन्ट 1 Prodromou and 17 Chilonos, Lefkosia मा पठाउन सकिन्छ।

वा तपाइँ को आफ्नो पर्सनल डाक्टर मार्फत पनि भ्याक्सिन पोर्टल मा एपोइण्टमेन्ट लिन सकिन्छ।  पर्सनल डाक्टर मार्फत एपोइन्त्मेन्त लिदा भने डाक्टरले छानेको मिति र समयमा मात्रै खोप लगाउन जान सकिनेछ।

खोप लगाउन जान यो डकुमेन्ट भर्नु पर्ने हुन्छ।

यो फारम भरेर आफ्नो परिचय खुल्ने कुनै पनि आइडी पासपोर्ट पिङ्क कार्ड वा एलियन कार्ड को कपि साथ् मा राखेर स्वास्थ्य मन्त्रालयमा पठाउनु पर्ने हुन्छ।

तपाई ले यो निवेदन पठाए पछि मन्त्रालयको तर्फ बाट मोबाइल मा कन्फर्म भएको म्यासेज आउछ।   यदि तपाइँ को मोबाइल मा म्यासेज आएन भने नागरिक सहायता कक्ष को फोन नम्बर १४७४ मा कल गरेर बुझ्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले दिएको जानकरी अनुसार हाल सम्म ४५ वर्ष उमेर समुहका ब्याक्तिलाई कोरोना बिरुद्दको खोप दिई सकेको छ।  अब केहि दिन मै ३९-४० उमेर भएका लागि खोप पोर्टल खुल्ला हुनेछ।  खोप केन्द्रले आफ्नो संचालन समय थप गरेको छ भने प्रतिदिन १४ हजारलाइ खोप लगाउने उद्देश राखेको छ।

अप्रिल २९ मा ३९-४० उमेर समुहका व्याक्तिका लागि पोर्टलमा दर्ता खुल्ला हुनेछ।  दर्ता गर्ने समय बिहान ७.३० देखि बेलुकी ८ बजे सम्म रहनेछ।  त्यस्तै, अप्रिल ३० मा भने ६८, ६९,७० उमेर समुहका  खोप लगाउन छुटेका ब्याक्ति लाइ मौका दिइनेछ।  त्यस्तै, मे ४ तारिख मा भने ३७-३८ वर्षका व्याक्तिलाई खोप लगाउन दर्ता खुला हुनेछ।  दर्ता पोर्टल बिहान ७.३० देखि बेलुकि ८ बजे सम्म खुल्ला हुनेछ।

साइप्रसमा कति किसिमका  खोप उपलब्ध छ ? 

कोरोना बिरुद्दको खोप लगाउन युरोपियन मेडिसिन एजेन्सी ले मान्यता दिएका ४ किसिमका खोप छन्।  फ़ाइजर/बायोटेक , अस्ट्राजेनेका, मोडेर्ना र जोन्सन एण्ड जोन्सन।

कुन खोप कति समयको फरकमा लगाइन्छ ?

फ़ाइजर/बायोटेक खोप २ डोज लगाइन्छ जुन ३ हप्ताको फरकमा २ पटक गरि लगाइन्छ। त्यस्तै, अस्ट्राजेनेका खोप पनि २ डोज लगाइन्छ तर यो ८ हप्ताको फरक मा २ पटक लगाइन्छ।  त्यस्तै, मोडेर्ना खोप पनि २ डोज लगाइन्छ तर यो २८ दिन को फरक पारेर लगाइन्छ र जोन्सन एण्ड जोन्सन खोप एक पटक लगाइन्छ जुन एक डोज को मात्र हुन्छ।

यो पनि पढ्नुहोस् : साइप्रस  जादै हुनुहुन्छ भने यी अस्पतालको पिसिआर रिपोर्ट मात्र मान्य हुन्छ (सुची सहित)

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रसमा नेपालीले कोरोनाको खोप लगाउन के गर्नु पर्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *