देश विदेश

लकडाउनमा पनि ५ हजार श्रम स्वीकृति, कसरी लिने त पुनः श्रम स्वीकृति ?(पुरा जानकारी)

शेयर गर्नुहोस्

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी भएको एक महिनाको अवधिमा लगभग पाँच हजार जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार कार्यालय ताहाचलबाट गएको जेठ १६ गतेपछि मात्रै लगभग पाँच हजार जनालाई श्रम स्वीकृति प्रदान गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो । कोरोना महामारी रोकथामका लागि सरकारले गएको वैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो । २३ गते मध्य रातिदेखि भने अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेको थियो ।

अन्तर्राष्ट्रिय उडान पनि बन्द हुनु र काठमाण्डौमा निषेधाज्ञा जारी भएसँगै विभागले पनि भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने अन्तिम श्रम स्वीकृति, नयाँ श्रम स्वीकृति लगायत सेवा बन्द गरेको छ । तर अनलाइनमार्फत प्रदान हुने पुनः श्रम स्वीकृति भने लिन सकिन्छ ।

तर नियमित उडान बन्द भएको समयमा पनि चार्डड जहाजमार्फत नेपाली नागरिक पनि विदेश जान सक्ने व्यवस्था गरेपछि कतिपय श्रमिकलाई कम्पनीहरूले जहाज चार्डड गरेर नै नेपालबाट लगेको र कतिपय गन्तव्य देशबाट आएका चार्डड जहाजले श्रमिकहरू लिएर गएका छन् ।

यसरी जाने श्रमिकलाई भने कार्यालयबाट पनि सेवा दिइएको महानिर्देशक दवाडीले बताउनुभयो । ‘चार्डड जहाजमार्फत जाने लगभग ५० देखि ६० जनालाई हामीले कार्यालयबाटै सेवा दिएका छौँ,’ उहाँले भन्नुभयो,‘यदि कार्यालयसम्म आउन सक्नुहुन्छ भने अत्यावश्यक काम हामीले कार्यालय खोलेर गरिदिइरहेका छौँ र अब पनि गर्छौँ ।’

यसरी लिनुहोस् अनलाइनमार्फत श्रम स्वीकृति

महामारीबाट बच्दै आफू रहेकै ठाउँबाट अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिन्छ । पछिल्लो समय वैदेशिक रोजगार कल्याणकारी कोषमा र बिमाबापत तिर्नुपर्ने रकम अनलाइनमार्फत नै तिर्ने व्यवस्था गरेपछि वैदेशिक रोजगार कार्यालयमा नगई अनलाइनमार्फत नै विदेशबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको छ ।

यस्तो रकम इसेवाबाट पनि सजिलै तिर्न सकिन्छ । रकम तिर्नका लागि बैंक तथा सम्बन्धित कार्यालय धाउन पर्दैन । अहिलेको लागि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सन नेपाल लाइफ इन्स्योरेन्सले अनलाइनबाटै म्यादी जीवन बिमा गरिरहेको छ ।

बिमाको रकम तिर्न यसो गर्नुहोस्

यदि इसेवा चलाउनुहुन्छ भने पहिला आफ्नो खाता लगइन गर्नुहोस् । सर्च बारमा “Foreign Employment Insurance Fund” लेखी देखाइएको आइकनमा थिच्नुपर्छ ।

त्यहाँ व्यक्तिगत रूपमा शुल्क बुझाउँदै हुनुहुन्छ भने “Individual” र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने ] “Man Power” छनोट गर्नुपर्छ ।

Insurance Company मा Sun Nepal Life Insurance Company Ltd ​ देखिन्छ । त्यहाँ क्लिक गर्नुपर्छ ।

व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर साथै रोजगार अवधि र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर, लट नम्बर साथै रोजगार अवधि पनि राखेर “Check” मा थिच्नुपर्छ ।

देखाइएको विवरण सबै ठिक छ भनी प्रमाणित गरी शुल्क तिर्नुपर्छ ।

कल्याणकारी कोषको रकम अनलाइनमार्फत बुझाउने तरिका

इसेवाबाट कल्याणकारी कोषको रकम तिर्नका लागि सबैभन्दा पहिला आफ्नो खाता लगइन गर्नुहोस् । त्यसपछि सर्चबारमा “Foreign Employment Insurance Fund” लेखेको आइकनमा थिप्नुपर्छ ।

त्यहाँ व्यक्तिगत रूपमा शुल्क बुझाउँदै हुनुहुन्छ भने “Individual” र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने ] “Man Power” छनोट गर्नुपर्छ ।

व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर साथै रोजगार अवधि र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर, लट नम्बर साथै रोजगार अवधि पनि राखेर “Check” मा थिच्नुपर्छ ।

देखाइएको विवरण सबै ठिक छ भनी प्रमाणित गरी शुल्क तिर्नुपर्छ ।

अनलाइन सेवा बारे थप बुझ्नका लागि विभागमा शाखा अधिकृत सालिकराम फुयाँललाई ९८४१८२७७८३ नम्बरमा माधवराज पाण्डेलाई ९८४१३१०३२३ नम्बरमा र कम्प्युटर इन्जिनियर अर्जुन यादव लाई ९८४११४९३८ नम्बरमा फोन गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस् : आज देखि कतारको उडान सुरु हुने, टर्की र चाइनाको पनि नियमित उडान

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *